मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काबुलको अमेरिकी विश्वविद्यालयमा हमला, सात विद्यार्थीसहित १५ को मृत्यु

काबुलको अमेरिकी विश्वविद्यालयमा हमला, सात विद्यार्थीसहित १५ को मृत्यु


काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार राति तालिवानहरुले एक विश्वविद्यालयमा हमला गरेका छन् । सो हमलामा परी १५ जनाको ज्यान गएको समाचार छ । ज्यान जानेमा सातजना विद्यार्थी पनि परेका समाचारमा जनाइएको छ ।
 
काबुलमा रहेको सो निजी विश्वविद्यालय अमेरिकीहरुद्वारा सञ्चालित विश्वविद्यालय हो । त्यस आक्रमणमा परी अरु केही घाइते पनि भएका छन् ।
 
काबुलका प्रहरी प्रमुख अब्दुल रहमान रहिमीले सो हमला तालिवानहरुले गरेका र बुधबार साँझको सो आक्रमणपछि बिहीबार बिहानसम्ममा १५ जनाको ज्यान गएको खबर प्राप्त भएको जानकारी दिएका छन् । 
 
उक्त विश्वविद्यालयको गेटमा बस्ने पाले एकजना, विद्यालयका कर्मचारी एकजना, तीन प्रहरी र सातजना विद्यार्थी सो आक्रमणमा परी मारिएका छन् । 
 
अरु केही व्यक्ति बेपत्ता रहेको पनि सो समाचारमा जनाइएको छ । उनीहरुलाई तालिबानले अफहरण गरेर लगे वा कता बेपत्ता छन् भन्ने बारेमा पनि खोजी भइरहेको बताइएको छ । एकजना व्यक्तिले आफू चढेको कारमा ल्याएको बम उक्त विश्वविद्यालयको ढोकामै लगेर विस्फोट गराएको जनाइएको छ । 
 
त्यसपछि घन्टौंसम्म भिडन्त पनि भएको थियो । सो भिडन्तमा परी दुई जना तालिवान पनि मारिएका छन् भने अरु केही घाइते भएका पनि बताइएको छ । यसरी शिक्षण संस्थामा गरिएको यस आक्रमणका बारेमा तालिवानहरुले भने केही बताएका छैनन् । सिन्ह्वा