मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटालीको भूकम्पमा १५९ को मृत्यु, अझै कैयौँ पुरिए

इटालीको भूकम्पमा १५९ को मृत्यु, अझै कैयौँ पुरिए


अमात्रिस (इटाली) । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १५९ पुगेको समाचारमा जनाइएको छ । 
 
सो भकम्पमा परी करिब ३६८ जना घाइते भएका छन् । उद्वारको काम जारी रहेको छ । उद्वारकर्मीहरुले अझै पनि कैयौं व्यक्ति पुरिएर रहेको जनाएका छन् । सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । तर क्षतिको पूर्ण विवरण आइसकेको छैन । क्षतिको सबै तथ्याङ्क आउन सकिरहेको छैन । 
 
एकाबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ । उद्वारको कार्य जारी नै रहेकोले क्षतिको पूर्ण विवरण आइरहेको अधिकारीहरुले जनाएका छन् ।  
 
इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्वारमा खटिएका उद्वारकर्मीहरुले अझै पनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।
 
इटालीका दुर्गम गाउँहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउँमा नै रहेको बताइएको छ । इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो । 
 
बिहीबार दिनभर र बुधबार राति पनि उद्वारकर्मीहरुले कैयौंँ व्यक्तिलाई भग्नावशेषबाट जीवितै उद्वार गरेका नागरिक प्रतिरक्षा विभागले जनाएको छ । यसको उद्वारका लागि ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । शक्तिशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजीवन त्रसित भएको बताइएको छ । एएफपी