मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नागरिक सचेत नभए देश विकास असम्भव : पूर्व मुख्यसचिव पौडेल

नागरिक सचेत नभए देश विकास असम्भव : पूर्व मुख्यसचिव पौडेल


तुलसीपुर(दाङ) । नेपाल सरकारका पूर्व मुख्य सचिव एव वाग्मती सरसरफाईका अभियन्ता लिलामणि पौडेलले सचेत र जिम्मेवार नागरिक नभएको देशको विकास असम्भव हुने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार तुलसीपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
 
नेपाली जनताको सोच सरकारमुखी भएका कारण कुनै पनि क्षेत्रको सोचेजति विकास हुन नसकेको भन्दै पौडेलले जनता नउठ्दासम्म विकास सम्भव नहुने बताए ।  
 
तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाई तथा तुलसीपुर नगरपालिकाको साझेदारीमा मंगलबारदेखि तुलसीपुरमा सुरु हुन लागेको ‘ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर’ सरसफाइ अभियानको उद्घाटनका क्रममा पूर्व मुख्य सचिब पौडेल सोमबार दाङ आएका हुन् । 
 
पौडेलले हामी  सबैमा प्रदुषित सोचको विकास भएका कारण सवै क्षेत्रमा फोहर बढेको बताए । उनले आफनो ठाउँको सरसफाइका लागि हामी आफै जुटनुपर्नेमा पनि जोड दिए । संसारका कुनै पनि ठाउँको विकास त्यहाँको सरकारका कारण नभई त्यहाँका जनताले गरेको उनले बताए । 
 
सरकारले मात्रै सरसफाइ गर्न नसक्ने भन्दै उनले हजारौँले गरेको फोहर निश्चित सङ्ख्याका कर्मचारीले मात्र गर्न सक्दैनन्, उनले भने । पैसा नभएका कारण फोहर ब्यवस्थापन नभएको भन्ने भनाई गलत भएको टिप्पणी गर्दै पौडेलले पैसा धेरै भएकै कारण फोहर बढेको बताए । 
 
बाग्मती सफाइका बारेमा जानकारी दिँदै पौडेलले आजसम्म सो सफाइ अभियान १७१ हप्ता पुगेको बताए । बाग्मती सफाइ गर्दा आफूहरूले जाडोगर्मी, फोहर केही नभनी निरन्तररूपमा लागिपरेकै कारण आज त्यसको स्वरूप परिवर्तन भएको बताए । 
 
त्यसैगरी, अन्तक्र्रिया कार्यक्रममा बोल्दै स्वामी चैतन्य कृष्णले अध्यात्म चिन्तनमा पनि फोहरले स्थान नपाउने भन्दै आफ्नो घर, सहर र देशलाई सफा एवं सुन्दर राख्नका लागि जुटन सबैलाई आग्रह गरे । उनले देशलाई दिसामुक्त मात्र नभई नसामुक्त बनाउनेतर्फ लाग्न पनि सबैमा आग्रह गरे । उनले फोहर र दुर्गन्धका कारण मानव स्वास्थ्यका साथै मानिसको सोचमा समेत विकार ल्याउने तर्क गरे । 
 
त्यस्तै, कार्यक्रममा बोल्दै राष्ट्रियस्तरका प्रशिक्षक सकारात्मक सोचका अभियन्ता डाक्टर राजु अधिकारीले फोहरले मानिसको सोचमा विकार ल्याउने भन्दै त्यस्तो मानिसले केही गर्न नसक्ने बताए । स्वस्थ र ऊर्जावान मानिसलाई समेत फोहरको दुर्गन्धले गलत सोच्न बाध्य बनाउने भन्दै आजैदेखि सरसफाइ अभियानमा जुटन आग्रह गरे । रासस