मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

१२ वर्षीय छोरा फेल भएपछि…

१२ वर्षीय छोरा फेल भएपछि…


टोकियो । जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन् । 
 
विद्यालयस्तरको एक परीक्षामा ती बालकले नपढेको भन्दै ती बालकका ४८ वर्षीय बुबाले बिगतमा पनि छोरालाई गाली गर्ने गर्दथे । केन्जो साताके नाम रहेका ती बुबाले आफूले बारम्बार परीक्षाको तयारी गर भन्दा पनि नमानेपछि रिस उठेको र छुरा हानेको बयान दिएका छन् । 
 
जापानको सरकारी टेलिभिजन एनएचकेले सो समाचार मङ्गलबार प्रशारण गरेको छ । जापानमा राम्रो विद्यालयमा प्रवेश पाउनका लागि बालबालिकालाई गाह्रो हुने गर्दछ । राम्रो विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउन पाउनुलाई जापानी दम्पत्तिले पनि इज्जतको रुपमा लिने गर्दछन् ।
 
 
जापानको मध्य सहर नागोयाको आइची जिल्लाको प्रहरीले दिएको जानकारीअनुसार ती बुबाले बच्चालाई गत आइतबार छोरा हानेका र त्यसपछि अस्पताल पु¥याइएको थियो । 
 
तर पनि अत्यधिक रक्तस्रावका कारण ज्यान गएको समाचारमा जनाइएको छ । छोरा भान्सामा रहेका बेला भान्सामा रहेको तरकारी काट्ने चक्कुले छातीमा हानेको प्रहरीले जनाएको छ । पटक–पटक छातीमा छुराले हानेकोले अत्यधिक मात्रामा रक्तस्राब भएको र त्यसका कारण बालकको ज्यान गएको अस्पतालले जनाएको छ । 
 
ती बाबुले आफूले गल्ती गरेको र सो गल्ती भुलबस हुन पुगेको बताएका छन् । अस्पतालले बालकको ज्यान गएको समाचार सार्वजनिक गरेपछि ती बाबुलाई प्रहरी थुनामा राखिएको छ । एएफपी