मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

आइएसविरुद्ध संयुक्त कारबाही गर्ने रसिया र टर्कीको तयारी

आइएसविरुद्ध संयुक्त कारबाही गर्ने रसिया र टर्कीको तयारी


टर्की, (१२ अगस्त) टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइएस)विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ । रसियाको भ्रमणमा पुगेका टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक मह¤वपूर्ण वार्ताका क्रममा टर्कीले सो आग्रह गरेको हो । 
 
यस विषयमा रसियासँग विस्तृत छलफल गर्ने र आइएस विरुद्धको कारबाहीमा रसियासँग मिलेर संयुक्त कारबाही गरिने टर्कीका विदेश मन्त्री मेभ्लुत क्याभ्उसोग्लुले एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका छन् । यो प्रस्ताव पहिलो पटक टर्कीको तर्फबाट आएको भन्दै यसका लागि आवश्यक मात्रामा छलफल हुन बाँकी नै रहेको पनि उनले बताए । 
 
उनले भने– यो प्रस्ताव पहिलो पटक टेबलमा आएको छ र यस विषयमा विस्तृत छलफल गरी सहमतिमा पुगिने छ । टर्कीका राष्ट्रपति रेसेप रसिया भ्रमणमा छन् । उनले आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनसँग भएको भेटवार्तापछि रसियाले टर्कीसँगको आर्थिक सहकार्यलगायतका सम्बन्धहरु पुनःस्थापना गर्न तयार भएको जानकारी दिएका थिए । 
 
गत नोभेम्बरमा सिरियाको सिमानानजिकै टर्कीले एउटा रसियाली विमानलाई गोली हानेर खसालेपछि टर्की र रसियाबीचको सम्बन्धमा चिसोपन आएको थियो । गत महिना टर्कीमा भएको असफल सैन्य विद्रोहको प्रयासपछि राष्ट्रपति एर्डोगानको पहिलो विदेश भ्रमण रसिया भएको हो ।
 
सेन्ट पिटस्बर्गमा यी दुई नेताबीच भएको यस भेटघाटमा एर्डोगानले असफल सैन्य विद्रोहपछि लगत्तै पुटिनले गरेको टेलिफोन वार्ताको लागि घन्यवादसमेत दिएका थिए । यस सैन्य-विद्रोह प्रयासमा संलग्न भएको आरोपमा आफ्नो देशभित्र हजारौ नागरिकलाई एर्डाेगानले गरेको कारबाहीलाई लिएर टर्की र पश्चिमा देशहरुबीच आएको चिसोपनको विषयलाई लिएर एर्डोगान रसिया भ्रमणमा गएको बताइएको थियो । 
 
एर्डोगानको रसिया भ्रमणबाट दुई देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक भएको बताइएको छ । यसपछि टर्कीले पनि आइएसविरुद्धको कारबाही संयुक्त रुपमा गर्नको लागि रसियालाई आह्वान गरेको हो । रासस / एएफपी