अमेरिका । नेपाल पर्यटन बोर्डले नेपालमा पर्यटन बढाउन अमेरिकाको सिकागो सहरका लागि बाला घिमिरेलाई अवैतनिक पर्यटन दूत नियुक्त गरेको छ ।
अगष्ट आठदेखि लागू हुने गरी घिमिरेलाई बोर्डले २ वर्षका लागि पर्यटन दूत बनाएको हो । नेपालमा पर्यटन व्यवसाय क्षेत्रमा काम गरेर अमेरिका आएका घिमिरे सिकागोमा रेष्टुरेण्टहरु चलाउँछन् ।
मैले विगतदेखि नै नेपालको पर्यटन प्रवद्र्धनमा पहल गरिनै रहेको थिएँ, घिमिरेले भने, अहिले जिम्मेवारी पनि दिइएको छ । नेपालमा कसरी पर्यटन बढाउने यसमा अझ जोड गर्ने घिमिरेले बताए ।
‘हामीले नेपाल घुम्न लोभ्याउने जानकारी दिने हो’ घिमिरेले भने– ‘नेपालका बारेमा यस्ता समाग्रीहरु आवश्यक छ ।’
यस्तै बोर्डले राजा घलेलाई पनि जर्जियाका लागि अवैतनिक पर्यटन दूत नियुक्त गरेको छ । जुलाई ११ देखि लागू हुने गरी दुई वर्षका लागि घलेलाई पर्यटन दूत नियुक्त गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका घले पनि व्यवसायी हुन् ।
प्रतिक्रिया