नातिबाबु भट्ट, कोलोराडो अमेरिका, अगष्ट ६, २०१६ ।
नेपालीको सक्रियतामा कोलोराडोमा गठित हिमालयज लायन्स क्लब लङमन्टको शनिवार एक समारोह बिच उद्धाटन कार्यक्रम सम्पन्न भयो । स्थानीय मेयर डेनीस कुम्ब्स र एन ई ६ का डिष्टक गर्भनर केन नोरले गमलाको फुुलमा पानी हालेर उद्धाटन गरेको कार्यक्रममा लायन्सका ३ जना भुतपूर्व ईन्टरनेसनल डिरेक्टर, ५ जना भुतपूर्व डिष्ट्रक गर्भनर, नेपाल सरकारका प्रतिनिधि लायन्सका ईन्टरनेसनल सल्लाहकार, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, गन्यमान्य, कलाकार, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नेपाल र अमेरिकाको राष्टिय गान गाएर दुवै देशको झण्डाको सलामी पछि सुरु भएको उद्धाटन कार्यक्रममा अतिथि प्रमुख अतिथीहरुले नव गठित लायन्स क्लबको उत्तरोत्तर प्रगतीकोलागी शुभकामना दिएका थिए । यसरी शुभकामना मन्तव्य दिनेहरुमा स्थानीय मेयर डेनिस, एन ई ६ का डिष्टक गर्भनर केन नोर, एमडि ६ का काउन्सिल चेर पर्सन एमडि स्मिथ, नेपाल सरकारका प्रतिनिधि लायन्सका ईन्टरनेसनल सल्लाहकार सुजन श्रेष्ठ रहेका थिए । त्यसै गरी अन्य बक्ताहरुमा लायन्सका भुतपूर्व अन्तर्राष्ट्रिय डिरेक्टरहरु, हेल्पिङ ह्याण्डका अध्यक्ष नारायण श्रेष्ठ, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, रकि माउन्टेण्ड फ्रेण्ड् अफ नेपालका महासचिव विनोद त्रीपाठी, ब्लड डोनर्स अफ अमेरिकाका भुषणलाल श्रेष्ठ लगायतका अतिथीहरु रहेका थिए ।
डिष्टक गर्भनर केन नोरले क्लबका पदाधिकारी तथा बोर्ड मेन्मरहरुलाई पिन लगाई दिई सदस्यता प्रमाण पत्र वितरण गर्दै आनो जिम्बेवारी पुरागरि कर्म भूमि र जन्म भूमिको सेवामा सदैव अग्रसर रहन आग्रह गरेका थिए । उनले लायन्सको मुख्य काम गरिबी निवारण,वातावरण संरक्षण,स्वास्थ्य र शिक्षाको क्षेत्रमा एक जुट भएर लाग्न सबैलाई अनुरोध गरे ।
क्लबका अध्यक्ष जोसन श्रेष्ठको अध्यक्षतामा स्थानीय एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमा अध्यक्ष श्रेष्ठले उपस्थित अतिथि, प्रमुख अतिथि सबैलाई स्वागत गरेका थिए भने, द्धितीय अध्यक्ष पुष्पा गुरुङले कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइ दिएकोमा धन्यवाद दिएकी थिएन् । कार्यक्रमको सञ्चालन सचिव प्रमोद श्रेष्ठले गरेका थिए ।
कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकार जानवी गुरुङ, आस्विनी श्रेष्ठ र ब्रान्डनले स्थानीय ब्याण्ड मार्फत साङ्गीतिक मनोरञ्जन प्रदान गरेका थिए । साँझ ६ बजे देखी ९ बजे सम्म सञ्चालन भएको कार्यक्रममा लायन्ससँग संम्बन्धित धेरै स्थानीय अमेरिकीहरुको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया