मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लायन्सका ईन्टर नेशनल डिरेक्टर सञ्जय खेतानसँग अन्तरक्रिया सम्पन्न

लायन्सका ईन्टर नेशनल डिरेक्टर सञ्जय खेतानसँग अन्तरक्रिया सम्पन्न


नातिबाबु भट्ट, कोलोराडो अमेरिका ।  
लायन्सका ईन्टर नेशनल डिरेक्टर सञ्जय खेतान, हिमालयज लायन्स क्लब लङमन्टका पदाधिकारी र लायन्सका स्थानीय डिष्ट्रक गर्भनर तथा अन्य पदाधिकारी बिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
 
अगष्ट ६ तारिकका दिन उद्धाटन हुने क्लबको स्थिति बुझ्न लायन्सका ईन्टर नेशनल डिरेक्टर सञ्जय खेतान कोलोराडो आएका हुन् । स्थानीय नेपाली समुदायले कर्मभूमि अमेरिका र जन्मभूमि नेपालको सामुदायिक विकासको सहयोगार्थ लायन्स क्लब मार्फत जाने निर्णय गरे अनुसार सबै प्रक्रिया पुरागरि उद्धाटन हुन लागेको हो । हिमालयज लायन्स क्लब नेपालीको सक्रियतामा कोलोराडोमा गठित पहिलो र एकमात्र क्लब हो ।
 
छलफको क्रममा डिरेक्टर खेतानले नेपालमा लायन्स क्लब मार्फत शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै कामहरू भई रहेको बताउदै वर्तमान अवस्थामा नेपालको सामुदायिक विकास गर्न सहयोगको धेरै आवश्यकता रहेको बताए । लायन्स क्लबले नेपालमा स्थानीयको मन जित्न सफल भएको भन्दै, उनले अहिले नेपालमा २० हजार नेपाली यसमा आवद्ध रहेको र २०१६ पछि नै १ सय भन्दा बढी क्लब गठन भई सकेको जानाकारि दिए ।
 
 खेतानले विशेष गरी महाभुकम्प पछि नेपालको विकासको लागि लायन्सले ५ मिलियन डलर छुट्याएको र त्यसबाट स्वास्थ्य र शिक्षामा ठुला ठुला काम भई रहेको बताए । उनले अमेरिकामा नेपालीको सक्रियतामा १ सय भन्दा बढी लायन्स क्लब गठन गर्ने आºनो उद्धेश्य रहेको भन्दै यसकै शील शिलामा कोलोराडो आईपुगेको बताए ।
 
उनले विश्वको सुविधा सम्पन्न देशमा बसेर पनि मातृ भूमिको सहयोग गर्ने उद्धेश्य लिई क्लबमा गोलबन्द हुने सबैलाई धन्यवाद दिए । देश नेपाललाई सबैको साथ र सहयोगको खाँचो रहेको प्रष्ट्याउदै , संम्पूर्ण नेपाली र नेपाल प्रति सद्भाव राख्नेहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।   
 
लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टको हलमा  भएको अन्तरक्रिया कार्यक्रममा डिष्ट्रक गर्भनर, क्लबका पदाधिकारी तथा अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो ।