मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी राष्ट्रपति निर्वाचनः हिलारी क्लिन्टन ट्रम्पभन्दा सात अङ्क अगाडि

अमेरिकी राष्ट्रपति निर्वाचनः हिलारी क्लिन्टन ट्रम्पभन्दा सात अङ्क अगाडि


वासिङटन (अमेरिका) । अमेरिकी डेमोक्रेटिक दलको अधिवेशनमा उनलाई मिलेको समर्थनपछि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी हिलारी क्लिन्टनको समर्थनमा चार अङ्कको बराबरको समर्थन थप भएको छ । 
 
यसअघि तीन अङ्कले अगाडि देखिएकी क्लिन्टनलाई अधिवेशनमा आएको समर्थनपश्चात थप चार अङ्क जोड्दा अब क्लिन्टनले ट्रम्पलाई सात अङ्कले लिड गरेको सर्वेक्षणले देखाएको बताइएको छ । रिपब्लिकनको अधिवेशनले डेमोक्रेटिक दलको अधिवेशन पूर्व ट्रम्पको पक्षमा दुई अङ्कको प्रगति देखाएको सीबीएस समाचार सर्वेक्षणले जनाएको छ । 
 
आदिवासी अमेरिकीहरुले हेर्ने दृष्टिकोण डेमोक्रेटिकको उम्मेदवार हिलारीका लागि समस्या भए पनि फिलाडेल्फियामा भएको अधिवेशनले यसलाई केही हदमा घटाउन मद्दत गरेको मत सर्वेक्षणले बताएको छ । मतदानका लागि नाम दर्ता भएका ५० प्रतिशत मतदाताको क्लिन्टनलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको भए पनि ३५ प्रतिशत भने उनका आत्मीय प्रशंसक छन्, सीबीएस सर्वेक्षणले बताएको छ । 
 
अधिवेशनमा क्लिन्टनको उम्मेदवारीबारे भएको छलफल र डेमोक्रेटिकको तर्फबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवारी घोषणापश्चात उनको समर्थनमा थप पाँच प्रतिशतले वृद्धि हुँदा उनीप्रति नकारात्मक विचार राख्ने सङ्ख्या छ प्रतिशतले घटेको छ । 
 
त्यसैगरी ट्रम्पको पक्षमा ३१ प्रतिशत मतदाता डोनाल्ड ट्रम्पप्रति सकारात्मक धारणा राखेका छन् । रिपब्लिकन पार्टीको अधिवेशन पूर्व पनि यो तथ्याङ्क ३१ प्रतिशत नै भएको सीबीएसको सर्वेक्षणले देखाएको छ । रिपब्लिकन उम्मेदवार ट्रम्पप्रति ५२ प्रतिशत मतदाताको नकारात्मक धारणा रहेको सर्वेक्षणले जनाएको छ । 
 
यो मत सर्वेक्षण जुलाई २९, ३० र ३१ मा एक हजार ३९३ वयष्क मतदाताबीच लिइएको थियो । यसमा तीन प्रतिशत नम्बरबराबरकोे बदर मत हदका लागि छुट्टाइएको थियो । रासस / एएफपी