मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अमेरिका–क्युबा वार्ता कठिन मोडमा

अमेरिका–क्युबा वार्ता कठिन मोडमा


हवाना, २ अगस्त (सिन्ह्वा) । क्युबा र अमेरिकाबीच पहिले एक आपसलाई दाबी गरेको खरबौँ डलरको क्षतिपूर्ति मुद्दा सल्टाउन कठिन र पेचिलो भएको एक वरिष्ठ क्युबाली अधिकारीले बताएका छन् ।
 
अमेरिकाले क्युबाउपर आर्थिक प्रतिबन्ध लगाएको अवधिभर राष्ट्रले तीन खर्ब अमेरिकी डलरबराबरको नोक्सान बेहोर्नुपरेको भन्दै त्यसको क्षतिपूर्ति दाबी गरेको छ । 
 
जवाफमा अमेरिकाले पनि क्युबामा रहेको आफ्नो सम्पत्ति पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको पालाभरि राष्ट्रियकरण गरेको भन्दै यस बापत १० अर्ब अमेरिकी डलरको क्षतिपूर्ति माग दाबी गरेको छ । 
 
अमेरिका क्युबा वार्ताका लागि क्युबाली पक्षका टोली नेता उप विदेश मन्त्री अबेलार्दो मोरेनोले ‘क्युबाले एक पक्षीय समाधानका उपाय स्वीकार गर्दैन’ भनेका छन् । 
 
अमेरिकी राष्ट्रपति बाराक ओबोमाको पहलमा पुराना तिक्तताको अन्त्य गर्दै गतवर्ष मात्र सौहार्द सम्बन्ध कायम गर्ने सहमति भएको थियो ।
 
क्युबासँग पुनःस्थापना गर्न खोजिएको दौत्य सम्बन्धभित्र वातावरण, इमेल सेवा, सुरक्षा र सीधा हवाई सम्पर्कजस्ता आवश्यक पक्षसमेत समेटिएका थिए । अहिले चलेको जुहारीले अमेरिका क्युबाबीच फेरि गाँसिन लागेको मित्रतानै धरापमा पर्न सक्ने आशङ्का गरिएको छ ।

शेयर गर्नुहोस:

0
Shares