युरोपमा बस्ने नेपालीले नेपालमा एक अर्ब रुपैंया बराबरको लगानी गर्ने घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघ(एनआरएन)को डेनमार्क कोपेन्हेगनमा आयोजित नवौँ युरोपियन क्षेत्रीय बैठकबाट संयुक्त रूपमा १ अर्ब रुपैंयाको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय भएको एनआरएनए प्रवक्ता रन्जु वाग्ले थापा द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा लगानी प्रवद्र्धन गर्न एनआरएन निजी क्षेत्र तथा नेपाल उद्योग बािणज्य महासंघ बिच भएको सहकार्यलाई विस्तार गर्ने अभिप्रयायले उक्त रकम लगानी गर्ने निर्णय भएको विज्ञप्तिमा जनाईएको छ ।
युरोपका नेपालीका अभियान लगानी पुननिमार्ण र पर्यटन विषयमा केन्द्रित उक्त भेला १३ बुदें घोषणापत्र जारी गर्दै सकिएको छ । उक्त भेलामा एनआरएनएका अध्यक्ष शेष घलेले एनआरएनले आफ्नै भवन तथा भूकम्प पीडितका लागि संकल्प गरेको एक हजार घर निर्माण गरी छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भेलालाई सम्बोधनका क्रममा घलेले आफ्नो कार्यकालमा एनआरएनको भवन र भूकम्प पीडितका लागि एक हजार घर निर्माण हुन्छ कि हुदैंन भन्नु महत्त्वपूर्ण नभई एनआरएनले दुवै काम पुरा गरेर नै छाड्छ यो महत्त्वपूर्ण रहेको बताएका थिए ।
उक्त भेलामा एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुररका, उद्यमी चन्द्र ढकाल, एनआरएनएका उपाध्यक्ष भवन भट्न र कुमार पन्त लगायतको सहभागिता थियो । भेलामा २० देशबाट प्रतिनिधित्व गर्दै झण्डै ३ सय एनआरएनको सहभातिा रहेको विज्ञप्तिमा छ ।
प्रतिक्रिया