मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वरिष्ठ राष्ट्रिय लोक दोहोरी गायक राजु परियार लगायत कलाकारहरु इदमा कतारमा आउँदै

वरिष्ठ राष्ट्रिय लोक दोहोरी गायक राजु परियार लगायत कलाकारहरु इदमा कतारमा आउँदै


दोहा- नेपालका ख्याति प्राप्त लोक दोहोरी गायक राजु परियारलाई लमजुङ सेवा समाज कतारले इदको अवसरमा दोहा झार्ने भएको छ । 
 
लमजुङ सेवा समाज कतारका जुझारु युवाहरुको सामाजिक संस्थाले लमजुङ जिल्लामा प्राविधिक शिक्षा विकासको लागि इस्लाम धर्मावलम्वीहरुको महान पवित्र पर्व बकरीदमा सो लमजुङ सांगीतिक धमाका आयोजनाको तयारी गरेको हो । 
 
नेपालबाट आउने कलाकारहरुमा वरिष्ठ लोकदोहोरी गायक राजु परियार लगायत राष्ट्रिय लोकदोहोरी गायिका  उमा गिरी, नायिका तथा मोडल अस्मी गुरङ, हास्य कलाकार तथा जादुगर माधव त्रिपाठी, पप गायिका तथा मोडल स्मृति पोखरेल, नायिका तथा मोडल सारिका घिमिरे, गायक तथा कार्यक्रम उद्घोषक चोलेन्द्र पौडेलका साथै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने कुरा लमजुङ सेवा समाज कतारका महासचिव सिताराम थापाले बताए । 
 
दोहाको सुविधा सम्पन्न रेजेन्सी हलमा आयोजना गर्न लागिएको सो कार्यक्रमका लागि यहि अगष्ट ५ तारिखका दिन कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न समाजले विभिन्न विभागिय कार्यको बाँडफाँड गर्नको लागि पनि विशेष भेला बोलाएको छ ।