मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनसम्पर्क समिति आर्थिक हिनामिना प्रकरण

जनसम्पर्क समिति आर्थिक हिनामिना प्रकरण


न्युयोर्क(अमेरिका)-  नेपाली जनसम्पर्क समिति अमेरिकाले निर्वाचित महासचिव मुनिन्द नेम्वाङ र कोषाध्यक्ष विजय थुलुङले  आर्थिक हिनामिनामा दोषी रहेको जनाउंदै पदिय जिम्मेवारीवाट निलम्वन गरेको छ । 
 
समितिको बिहीबार बसेको कार्यसमिति बैठकले अनिश्चित कालका लागि महासचिव र कोषाध्यक्षलाई निलम्वन गर्ने निर्णय गरेको हो । बैठकका गत वर्ष नेपालमा गएको महाभुकम्पको समयमा पीडितलाई सहयोग गर्न उठाईएको सहयोग संस्थाको बैंक खातावाट गायव भएको विषयमा छानविन गर्न गठित समितिले दिएको प्रतिवेदनका आधारमा उनीहरूलाई निलम्वन गरिएको हो । 
 
संस्थाको रकम निकालेको विषयमा लिखित जवाफ नदिएपनि टेलिफोनमा अध्यक्षसँग असहमतिका कारण रकम निकालेको बताएको उख्लेख गर्दै प्रतिवेदनमा यसरी संस्थाको रकम आफ्नो स्वार्थ अनुकूल दुरुपयोग गर्ने नियतले निकालिएकाले अमेरिकी कानुन अनुसार पनि गैरकानुनी हुने हुदां पदिय जिम्मेवारीवाट मुक्त गरी कारबाही गर्नु पर्ने उल्लेख छ । 
 
जनसम्पर्क समितिका अध्यक्ष आनन्द (गोरख) विष्ट द्धारा केन्द्रीय सदस्य अमृत भट्टराई संयोजकत्वमा गठित पाँच सदस्य समितिले महासचिव नेम्वाङ र कोषाध्यक्ष थुलुङलाई कारबाहीको सिफारिस गरिएको थियो । समितिका सदस्यमा शुभेन्द्र रानाभाट, वेदप्रसाद खरेल, लोक लामा र सुभाष लामा थिए । समितिलाई जुलाई १ तारिखमा १० दिन भित्र यथार्थ बुझेर प्रतिवेदन दिन भनिएको थियो । 
 
महासचिव नेम्वाङ र कोषाध्यक्ष थुलुङ पक्षधरले भने यो समिति विष्ट द्धारा एकपक्षिय रूपमा गठन भएको जनाउंदै यस अघि नै अस्वीकार गरेको छ । महासचिव र कोषाध्यक्ष पक्षधरले पनि छुट्टै छानविन समिति बनाएका थिए । यो समितिले अध्यक्ष आनन्द विष्टलाई रकम हिनामिनामा दोषी ठहर गरेको थियो ।  
 
भूकम्प पीडितका नाममा उठाईएको झन्डै ४५ हजार अमेरिकी डलर संस्थाको बैंक खातावाट गायब भएपछि जनसम्पर्क समिति अमेरिका भित्र रडांको मच्चिएको थियो । 
 
प्रतिवेदनमा खातावाट झिकिएको रकम मध्ये महासचिव र कोषाध्यक्षले अधिकांश फिर्ता गरेको उल्लेख छ । कोषाध्यक्षले पाँच हजार डलर फिर्ता गर्न बाँकी रहेको हुनाले  आफ्नो स्वास्थ्य अनुकूल भएपछि फर्काउने जानकारी दिएको प्रतिवेदनमा उल्लेख  छ । 
 
प्रतिवेदनमा अध्यक्ष आनन्द विष्टलाई पनि खाताको रकम खर्च गर्ने विषयमा कमजोरी देखाएको उल्लेख छ । संस्थाका पूर्व संयोजक विष्णु सुवेदीको समय देखिनै कर विवरण बुझाउन बाँकी रहेको उल्लेख गर्दै प्रतिवेदनमा संस्थाको रकम खर्च र हरहिसाव विवरणर राख्ने प्रकृया फिलतो रहेको जनाईएको छ । विष्णु सुवेदीकै समय देखि यताका सम्पूर्ण हरहिसाव विवरण तयार पारी सार्वजनिक गर्न पनि समितिले सुझाव दिएको छ ।
 
अव संस्थाको कुनैपनि रकम खर्च गर्दा कार्यसमितिलाई ल्याई पारित भएपछि मात्र गर्नुपर्ने बैठकका सहभागीले सुझाव दिएका थिए । बैठकमा महासचिव र कोषाध्यक्षलाई कारबाही गर्ने नगर्ने विषयमा चर्का चर्की परेको सहभागीले हिमालयखवरलाई बताए । निर्णय पुस्तिका माइन्युटमा असहमति नोट अफ डिसेन्ट लेख्ने सम्मका कुरा आएका थिए । अध्यक्ष विष्ट लगायत कारबाही गर्नु पर्छ भन्ने पक्षमा थिए । समितिले उक्त प्रतिवेदन बारे यसै साता पत्रकार सम्मेलन गरी जानकारी दिने कार्यक्रम छ ।