हिमालयखवर संवाददाता
कतार- नेपालको सबैभन्दा ठुलो मिडिया हाउस कान्तिपुर पव्लिकेशनसले खाडी क्षेत्रमा बस्ने नेपाली पाठकका लागि प्रकाशित गर्दै आएको कान्तिपुर दैनिकको कतार संस्करण बन्द भएको छ । कतारको दोहाबाट साप्ताहिक रूपमा प्रकाशन हुदैं आएको कान्तिपुर कतार संस्करण झन्डै साढे ८ वर्ष पछि बन्द भएको हो ।
किन बन्द गर्नु पर्यो यसबारेमा कान्तिपुर पव्लिकेशन्स व्यवस्थापनले कुनै टिप्पणी गरेको छैन । उक्त संकरणमा कतारमा बसेर काम गरेका अहिले कान्तिपुरका पत्रकार दिनेश रेग्मीले आफ्नो फेसबुक वालमा ,प्रवासबाट प्रकाशित कान्तिपुर कतार संस्करण साढे ८ वर्षको यात्रापछि दुख्ख साथ हामी माझबाट बिदाइ भएको छ । यो अविस्मरणीय यात्राका सबै सहयात्री मित्रहरू प्रति ह्दयदेखि नै अभाराी छौँ, लेखेका छन् ।
अरबको सानो मुलुक कतारमा करिब ४ लाख नेपाली रहेको अनुमान छ । त्यहाँ बाटो घाटो यत्रतत्र नेपाली भेटिन्छन् । कान्तिपुरको यो संस्करणले अरबमा नेपाली श्रमिकका समस्यालाई उजागर गर्दै आएको थियो । अरब सबैभन्दा बढी नेपाली कामदार भएको क्षेत्र हो । यहाँबाट अरर्बौ रेमिट्यान्स देशमा भित्रिन्छ ।
स्थापनाकाल देखिनै कतार कान्तिपुर कतार संस्करण आर्थिक रूपमा भने समक्ष थिएन । कान्तिपुर पव्लिकेशन्स व्यवस्थापनले पनि कतार संस्करणका लागि सही व्यक्ति चयन गर्न चुकेको थियो । यो उतार चढावको स्थितिमा उक्त संस्करण अघि बढेको थियो ।
नेपालको सबैभन्दा बढी नाफा कमाउने कान्तिपुर पव्लिकेशन्सको हालको एउटा मात्र प्रवास संष्करण बन्द हुनु मिडिया हाउसकै लागि भने चुनौती हो । कान्तिपुरले अमेरिकामा पनि साप्ताहिक रूपमा कान्तिपुर संस्करण प्रकाशित गर्ने प्रयास गरेको थियो । तर, यो नुमना अंकमै तुहियो ।
कान्तिपुर अघि नेपाल समाचारपत्रले पनि कतार अंक निकालेको थियो । तर, यो केही अंकपछि नै बन्द भयो ।






प्रतिक्रिया