मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

हिलारी क्लिटनद्वारा डेमोक्र्याटिक पार्टीबाट औपचारिक उम्मेदवारी स्वीकार

हिलारी क्लिटनद्वारा डेमोक्र्याटिक पार्टीबाट औपचारिक उम्मेदवारी स्वीकार


फिलाडेल्फिया (संयुक्त राज्य अमेरिका) । अमेरिकाको डेमोक्र्याटिक पार्टीले अगामी राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक उम्मेदवार घोषणा गरेको छ । 
 
यसअघि उनलाई सो पार्टीले राष्ट्रपतिको उम्मेदवारको रुपमा मनोनयनमात्र गरेको थियो । औपचारिक उम्मेदवार घोषणालाई वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि पूर्णसमर्थन जनाएका छन् । 
 
उम्मेदवार हिलारी क्लिन्टनले पार्टीको औपचारीक घोषणालाई स्वीकार र स्वागत गर्दै आफू राष्ट्रपति पदमा निवार्चित भएमा अमेरिकामा थप रोजगारीका अवसर सिर्जना गर्न र सँगसँगै पारिश्रमिक दरमा वृद्धि गर्न पूरा प्रयास गर्नु नै आफ्नो प्रारम्भिक लक्ष्य रहने बताए ।
 
साथै, अमेरिकालाई स्थायी र दृढ नेतृत्व प्रदान गर्न आफूले कार्यभार सम्हालेको पहिलो दिनदेखि अन्तिम दिनसम्म सङ्घर्ष गर्ने बताएका छन् । 
 
अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनी नयाँ इतिहास रच्ने आकांक्षा बोकेकी हिलारीले अमेरिकाको विदेश मन्त्रीको नेतृत्व पनि सफलतापूर्वक निर्वाह गरेकी थिइन् । 
 
फिलाडेल्फियामा सम्पन्न डेमोक्र्याटिक पार्टीको राष्ट्रिय भेलाको अन्तिम दिन उम्मेदवार क्लिन्टनले वर्तमान अन्तर्राष्ट्रिय परिवेशलाई अमेरिकी दृष्टिले निरुपणलाई गर्दै आफ्नो सम्बोधनको क्रममा ‘बग्दाददेखि काबुलसम्म, निसदेखि पेरिस र ब्रुसेल्ससम्म, सान बर्नार्डिनोदेखि ओल्र्यान्डोसम्म बाटा भरी काँडैकाडा बिच्छ्याइएका समाचार पत्रपत्रिका हेर्ने सबैले दिनका दिन पढिरहेका छन् । 
 
धम्की र विचलनको त्रासवश ती सबैले अमेरिकालाई नै याचनाको आँखाले हेरिरहेका छन् । अमेरिकाले यस्ता सबै चुनौतीको सामना गर्दै शान्तिका लागि धर्मयुद्धमा होमिई ज्ञात शत्रु जतिलाई जित्नैपर्छ, उनले भनिन् । सिन्ह्वा 

शेयर गर्नुहोस:

0
Shares