राङडोल लामा / कुवेत, महाबुल्ला
२९ जुलाई- विहिवार साँझ कुवेतको महाबुल्ला क्षेत्रमा छापामार शैलीमा प्रहरीले फेरी छापा मारी करिव ३६० जना पक्राउ गरेको स्थानिय अनलाइन आइमान मतले सार्वाजानिक गरेको छ । पक्राउ पर्नेहरुमा कुन देशको नागरिक कति परेको हो भन्ने खुलाएको छैन ।
वेलुकी करिव ५ बजे देखी महाबुल्ला क्षेत्रमा सवै सडक र गल्लिहरु वन्द गरेर सुरक्षाकर्मीहरुले कडाइका साथ चेकजाँच गर्ने क्रम्मा ३६० जना पक्रउ परेको जनाएको छ । पक्राउ पर्नेहरुमा भगौडा २९९ नागरिक मामलामा ७, अपराधिक गतिविधिमा संल्गन २, निवास उल्लंघनमा ४२, परिचय पत्र नभएका ७४, सरकार विरोधी कार्यकर्ताहरु ४, चोरीमा संलग्न १ जना र ६३ थान वोतल घरेलु मदिरा वरामद गरेको जनाईएको छ । पक्रउ पर्नेहरुलाई थप अनुसन्धानको लागि सम्वन्धित निकायमा वुझाएको छ र अरु पक्राउ परेकाहरुलाई छानविन गरि कागजात प्रमाणित भए पछी छोडिएको खबर छ ।

विहिवार नै अर्को समुहले सुरक्षा अधिकारीहरुको सहयोगमा नगरपालिकाले कुवेतको मुख्य सहर, वजार, पुल तथा होटलमा समेत चेकजाँच गरि ७० जना भन्दा बढी संख्यामा पक्राउ गरेका छन ।
कुवेत सरकारले गत डिसेम्वर २०१५ देखि निरन्तर चेकजाँच गर्दै ठुलो संख्यामा अवैधानिक रुपमा वस्दै आएको आप्रबासीहरुलाई पक्राउ गरि अपराधिक मामीलामा परेकाहरु बाहेकलाई डिपोर्ट गर्दै आएको छ । जस मध्ये नेपालीहरु पनि ठुलो संख्यामा परेको अनुमान गरेको छ ।






प्रतिक्रिया