हिमालय खबर संबाददाता-
ड्यालस (अमेरिका)– नेपालको चर्चित सांगितिक व्याण्ड सुरसुधाले अगष्ट ६ तारिक शनिबार ड्यालसमा आफ्नो पुरानो तथा कर्णप्रिय प्रस्तुती दिने भएको छ । झण्डै एक महिने सांगितिक प्रस्तुति लिएर अमेरिका आउन लागेको सुरसुधाको कार्यक्रम अगष्ट ६ मा ड्यालसबाट सुरु भएर अगष्ट २७ मा बोल्डर (कोलोराडो) मा समापन हुनेछ ।
नेपालका लागि पूर्ब अमेरिकी राजदूत स्कट ए. डेलिसीको सकृयता र नेपाली समाज टेक्ससको आयोजनामा यो कार्यक्रम हुन लागेको हो । केही वर्ष अघि नेपालका लागि राजदूत रहेका डेलिसी सोरेब फाउण्डेसन स्थापना गरेर सामाजीक कृयाकलापमा सकृय छन् ।
‘यो कार्यक्रमबाट संकलन भएको सबै रकम नेपालको पुरातात्विक संरचनाको पुनरनिर्माणमा जानेछ,’ नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले हिमालयखबर संग भने । अवकासपछिको जीवनमा पनि नेपाल र नेपालीका लागि भनेर फाण्डेसन स्थापना गरेर पूर्ब राजदूत डेलिसी सकृय छन् ।
नेपालका लागि पूर्ब अमेरिकी राजदूत स्कट ए. डेलिसी
शनिबार अर्बिङस्थित लस लोमस बैंकट हल (अर्बिङ मल) मा सुरसुधाले आफ्नो प्रस्तुति दिने भएको हो । नेपालको शास्त्रिय संगितमा निकै चर्चित सुरसुधाले सोरवे फाउण्डेसनको प्रस्तुतिमा भुकम्पबाट क्षतीग्रस्त नेपालको निर्माणका लागि यो कार्यक्रम गर्न लागेको हो ।
यो कार्यक्रमको लागि ५० र एकसय डलर टिकट दर राखिएको छ । कार्यक्रमसँग पूर्ब राजदूतसँगसँगै बसेर डिनर समेत गर्न पाइने आयोजकले जनाएका छन् ।
अगष्ट ६ तारिक शनिबार साँझ ६ बजेदेखि कार्यक्रम सुरु हुने जनाइएको छ । ड्यालसपछि सोरेब फाउण्डेसलनले ७ तारिकमा अस्टिन, ११ तारिकमा सिकागो, १३ मा न्यूयोर्क, १६ मा पिटसबर्ग (फिलाडेल्पिया), १९ मा भर्जिनिया, २० मा वासिङटन डिसी, २१ मा बाल्टिमोर र अन्तिमा २७ तारिक बोल्डर कोलोराडोमा कार्यक्रमा हुनेछन् ।
नेपालका लागि पूर्ब राजदूत सकृय भइरहेको समयमा नेपालीहरुले सहयोग र साथ दिनु ठूलो कर्तव्य भएकोले सबै नेपालीलाई कार्यक्रममा सहभागी भइदिन नेपाली समाजका अध्यक्ष लामिछानेले विशेष आग्रह गरेका छन् ।






प्रतिक्रिया