मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ओहायोमा हिमालयन फेस्टिबलको अन्तिम तयारी

ओहायोमा हिमालयन फेस्टिबलको अन्तिम तयारी


हिमालयखबर संबाददाता-
ओहायो (अमेरिका)– अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरुको सकृयतामा यस वर्ष पनि हिमालयन फेस्टिबल आयोजना हुने भएको छ ।
 
यही जुलाई २९, ३० र ३१ तारिक ओहायोको मिडलबर्ग हाइट ओहायोमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाको तर्फबाट राजन गिरीले हिमालयखबर संग जानकारी दिए । सन् २०१४ देखि सुरु भएको यो कार्यक्रममा यस पटक सांस्कृतिक कार्यक्रमका अतिरिक्त खेलकुदलाई समेत समावेश गरिएको छ ।
 
‘हिमालय देशहरुको कला संस्कृति र खेलकुदलाई प्रवद्र्धन गर्न हरेक वर्ष कार्यक्रम गर्दै आएकोमा यस पटक ओहायोमा गर्न लागेका हौं,’ गिरीले भने । ओहायो नेपाली भाषी भुटानीको ठूलो संख्या भएको राज्य हो । झण्डै ३० हजार नेपाली भाषी भुटानीहरु ओहायोमा बस्छन् । 
 
शरणार्थी पुनर्बास कार्यक्रम अन्तरगत अमेरिकामा अहिले एकलाख १० हजार भुटानीहरु छन् । अमेरिकामा ४८ वटा राज्यमा भुटानीहरु छन् ।  हिमालयन फेस्टिबल यस अघि सन् २०१४ मा ह्युस्टन र २०१५ मा टेनिसीमा सम्पन्न भैसकेको छन् । 
 
यस पटकको फेस्टिबलमा सकर तर्फ २७ वटा टीमले भाग लिएका छन् । १३ वटा राज्यबाट यस पटक सहभागिता रहने गिरीले बताए । 
 
यस पटकको कार्यक्रममा नेपालबाट कलाकारहरु आउनेक्रम सुरु भैसकेको छ । नायिका तथा यस पटकको मिस भुटानका लागि कोरियोग्राफर प्रियंका कार्की अमेरिका आइसकेकी छिन् । त्यस्तै कार्यक्रममा कालीप्रसाद बाँस्कोटा, आस्था राउत, नलिना चित्रकार, आर्यन अधिकारी, सञ्जय गुप्ता, सुधांशु जोशी, प्रताप सुब्बाको समेत विशेष प्रस्तुती रहने भएको छ । 
 
प्रताप सुब्बा भुटानबाट आएर रेडियो नेपालमा गीत गाउने पहिलो कलाकार समेत हुन् ।