क्वालालम्पुर (मलेसिया) । मलेसियाको दक्षिणी राज्य जोहोरमा भएको डुङ्गा दुर्घटनामा आठजनाको मृत्यु भएको सामुद्रिक सुरक्षा रक्षकले बताएका छन् ।
उनीहरूले डुङ्गामा सवार २० जना बेपत्ता भएका र ३४ जनतालाई उद्धार गरिएको बताएका छन् । डुङ्गामा ६२ जना यात्रु मलेसियाबाट इन्डोनेसियातर्फ हिँडेकोमा शनिबार राति समुद्रमा अकस्मात आएको कडा छाल पार गर्न नसक्दा दुर्घटनाग्रस्त भएको घटनाका प्रत्यक्षदर्शीहरूले बताए ।
उद्धार गरिएका सबै आप्रवासीहरूलाई मलेसियाको अध्यागमन विभागमा हस्तान्तरण गरिएको बताइएको छ । मलेसियामा करिब २० लाख इन्डोनेसियाली नागरिक रोजगारीका लागि पुगेका छन् र अधिकांश गैरकानुनी रुपमा त्यहाँ पुगेका बताइन्छ ।
इन्डोनेसियाली नागरिक प्रायः मलेसियामा सामान्य कामदारका रुपमा रहदै आएका छन् । रासस / एएफपी
प्रतिक्रिया