मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामै तयार भयो नेपाली फिल्म ‘सफर’- दशैंमा रिलिजको तयारी

अमेरिकामै तयार भयो नेपाली फिल्म ‘सफर’- दशैंमा रिलिजको तयारी


हिमालय खबर संबाददाता- 
ड्यालस (टेक्सस) । नेपालीले हलिउड र बलिउडमा बनेका फिल्ममा अमेरिकाका दृश्यहरु त देख्दै आएका हुन् । अब नेपालीले आफ्नै भाषामा बनेको चलचित्रमा पनि अमेरिकाका रमाइला दृश्यहरु हेर्न पाउने भएका छन् ।
 
अमेरिकामा रहेको उत्साही युवाहरुको लगानीमा स्थापित ‘युवा फिल्म्स’ ले आउँदो दशैंको घटस्थापनाको एक दिन अघि रिलिज गर्ने तयारी गरेको नेपाली चलचित्र ‘सफर’ मा अमेरिकाका दृश्यहरु हेर्न पाइनेछ । ‘यो चलचित्रका ९५ प्रतिशत दृश्यहरु अमेरिकामा खिचिएका छन् । ‘सफर’मा ड्यालस, ओक्लाहोमा, लासभेगासका दृश्यहरु छन् । त्यस्तै हुभरड्यामको दृश्य समेत यो चलचित्रमा छन् ।
 
अमेरिकामै रहेका नेपालीहरुको लगानीमा निर्माण भएको यो फिल्मको निर्देशक आशिष श्रेष्ठ हुन् भने यसको कथा/पटकथा केशव खड्काले लेखेका हुन् । खड्का यो चलचित्रका निर्माता पनि हुन् I यो फिल्म फिल्ममा सञ्जय गुप्ताले नायक र नुर्जा श्रेष्ठले नायिकाको भूमिका निर्वाह गरेका छन् । 
आइतबार आयोजित विशेष कार्यक्रममा चलचित्र ‘सफर’ को ट्रेलर सार्वजनिक गरियो । वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीले उक्त ट्रेलर सार्वजनिक गरेका हुन् । चलचित्र छायांकनको क्रममा अहिलेसम्म उपलव्ध रेड देखि लिएर ड्रोन र आइफोन समेत प्रयोग भएका थिए । अमेरिकाका जे जति ठाउँमा छायांकन भए ती सबै ठाउँमा चलचित्रका कलाकारहरु गाडीमै पुगेका थिए । कलाकारहरु कहिँ जाँदा पनि हवाई जहाज प्रयोग नगरेको जनाइएको छ ।‘यो फिल्म बनाउने अवधारणा साँढे दुई वर्ष अघिदेखिबाट सुरु भएको हो,’ निर्देशक श्रेष्ठले भने । 
 
उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका तीन नेपाली युवाहरुको कथामा आधारित छ यो चलचित्र । तीनजनामध्य एकजना नेपाल फर्केर केही गर्न चाहने र दुईजना अमेरिकामै बस्न चाहनेबीचको बैचारिक अन्तरद्वन्द्व चलचित्रले समेटेको छ । नेपाली विद्यार्थीको जीवनकथामा आधारित रहेर चलचित्र निर्माण गरिएको हुँदा महंगो गाडी प्रयोग नगरि सस्तो र पुरानो गाडीलाई चलचित्रका नायक, नायिकाले प्रयोग गरेको देखाइएको छ । ‘दर्शकले यो फिल्म हेर्दा महसुस गर्नेछन् कि कसैको जीवनकथा हेरिराख्या छु,’ निर्देशक श्रेष्ठले भने ।
 
घटस्थापनाको अघिल्लो दिन नेपाल र अमेरिकामा एकै पटक यो चलचित्रलाई रिलिज गर्ने तयारीमा निर्माता तथा निर्देशकहरु छन् । 
पत्रकार सम्मेलनमा ‘सफर’ मा काम गर्दाका अविस्मरणीय क्षणहरुको कलाकार, निर्देशक, कथाकारले चर्चा गरेका थिए । लसभेगासमा ११४ डिग्री फरेनहाइट (४५ डिग्री सेल्सियस) तापक्रममा काम गरेको अनुभव समेत कलाकारहरुले शेयर गरेका थिए । चलचित्र निर्माणको क्रममा अमेरिकीहरुलाई समेत रोजगारी दिइएको थियो । 
 
चलचित्रका नायक सञ्जय गुप्ताले आफूले छायांकनका लागि ७० दिन अमेरिकामा बिताएको चर्चा गरेका थिए । उनी नेपालको कान्तिपुर मिडियासँग आवद्ध छन् । यो चलचित्रमा मनन सापकोटा, सुबीर पोखरेल लगायतले समेत अभिनय गरेका छन् ।
 

SAFAR – Nepali Movie Official Trailer