मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डा. केसीको समर्थनमा न्यूयोर्कमा ¥याली (फोटो फिचर )

डा. केसीको समर्थनमा न्यूयोर्कमा ¥याली (फोटो फिचर )


हिमालय खबर संबाददाता- 
न्यूयोर्क (अमेरिका)– चिकित्साक्षेत्रमा सुधारको माग गर्दै अनसनमा बसेका डा. गोबिन्द केसीको समर्थनमा न्यूयोर्कमा आइतबार ¥यालीको आयोजना गरियो ।
 
आठौंं पटक अनसन बसेपछि आइतबार काठमाडौंमा डा. केसी र सरकारी अधिकारीबीच चारबुँदे सम्झौता भएको थियो । ‘सम्झौता भएपनि कार्यान्वयन्को लागि निरन्तर खबरदारीको आवश्यकता देखेर हामीले ¥याली आयोजना गरेका हौं,’ गैर आवासीय नेपाली संघ (एनआरएन) का वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले भने ।
 
न्यूयोर्कको ७४ स्ट्रिट ज्याक्सन हाइटमा आयोजित ¥यालीमा झण्डै डेढसय नेपालीले डा. केसीको पक्षमा ‘सोलिडारिटी’ जनाएका थिए । ‘हामी नेपाली’ को नाममा यो सोलिडारिटी आयोजना गरिएको हो । 
 
‘यो लडाइ डा. केसीको मात्र होइन, इमान्दारिताको पनि हो । सरकारसँग सम्झौतापछि सत्यको विजय हुने रहेछ भन्ने पुष्टी भएको छ,’ पोखरेललेभने । उनले भने– ‘भ्रष्टाचार अन्त्यको लागि  धेरै केसीहरु जन्मिनुपर्छ भन्ने हाम्रो माग हो ।’
 
यो कार्यक्रममा न्यूयोर्कमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । डा. केसी र सरकारबीच आइतबार सम्झौता भएपछि उनले सोमबार नेपालमा अनसन तोड्दैछन् ।