मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सरकार परिवर्तन खुशी र दुखी हुनेहरु: विदेशमा वस्नेलाई हर्ष न विस्मात

सरकार परिवर्तन खुशी र दुखी हुनेहरु: विदेशमा वस्नेलाई हर्ष न विस्मात


हिमालयखवर टिप्पणी-
नेपालीले फेरी नयाँ सरकार पाउने संघारमा छन् । प्रधानमन्त्री केपी ओली आइतबार देखि कामचलाउ भएका छन् । काठमाडौमा मंगलवार संसदले नयाँ सरकार गठनमा प्रकृया थाल्ने छ । संविधानका आफ्ना आफ्नै विश्लेषण छन् । कानुन नौं सिगं भन्छन् यो त झन् कानुनको पनि कानुन संविधान हो । संसदीय व्यवस्थाको मर्म भने जसको बहुमत हुन्छ त्यसैले सरकार चलाउंछ । प्रधानमन्त्री ओलीसंग अव बहुमत सांसदको समर्थन छैन । त्यसैले आशा गरौँ छिटै नेपालले नयाँ सरकार पाई देशले केही महिनाका लागि भनेपछि स्थायित्व पाउंछ । ओली सरकार पनि १० वर्षमा बनेको आठौँ सरकार हो । यस हिसाबले पनि नेपालमा सरकारको आयु लगभग १ वर्ष भन्दा हुन्छ । यस हिसाबले अर्को बजेट नआउंदै फेरी अर्को सरकार सरकार आउने सम्भावना त छदैं छ । संसदीय व्यवस्थामा सरकार परिवर्तन समान्य हो तर, यो समान्य पनि नेपालमा छिटो छिटो सरकार परिवर्तन हुदां असमान्य देखिएको मात्र हो । 
 
ओली सरकार गिराउने क्रममा तातेको राजनीतिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा गरेको भाषणले उनको ओझ घटायो । समाजिक संजालहरुमा प्रचण्डको भाषणको समर्थन भन्दा विरोध नै बढी भयो । बढी आत्मकेन्द्रित र ९ महिना सगंै काम गरेको सरकारको उनले जसरी आलोचना गरे त्यो धेरैले मन पराएनन् । यस हिसाबले प्रचण्डले आफ्नो ओज फेरी एक पटक घटाएका छन् । प्रधानमन्त्री ओलीले राजीनामा दिएर आफ्नो कद भने वढाए । उनको भाषणको पनि प्रशंसा नै भयो । यस बिचमा पूर्व सभामुख सुवास नेवागंले ससदको गरेको सम्बोधन धेरैले तारिफ गरे । नेवागंले आफ्नो कद वढाएका छन् । ठुलो पार्टी काँग्रेसका सभापति शेरबहादुर देउवाले न आश जगाए न आलोचना नै खपे । उनीसँग देशका युवाले धेरै आशा राखेको देखिदैंन । अर्को उनी भाषण कलामा निम्नस्तरकै हुन् । आफ्नै पार्टीको सरकारको बारेमा केही नकरात्मक टिप्पणी गरेर माधव नेपालले भने आफ्नो ओज घटाए । यो सत्ताको परिवर्तनको खेलमा उनको उचाइ तल झरेको छ । 
 
समाजिक सञ्जालमा हेर्दा सरकारको समर्थन र विरोध गर्नेहरु प्रशस्त छन् । यसमा अचम्म नमानौं यो सरकारमा हुने र आसपासले फाइदा लिइरहेका थिए । उनीहरू सरकारले राम्रो मात्रै गरेको लेख्छन् । ओली सबैभन्दा राष्ट्रवादी, विकासको मुललै फुटाउन लागेका थिए, चीनले नेपालको कायापलट नै गर्न लागेको थियो भारतले देखिसहेन यस्तै यस्तै भनेर ओलीको प्रशंसा गर्नेहरु सामाजिक सञ्जालमा छाएका छन् । तर, यो पूर्ण ठिक होइन । ओलीले विकास भन्दा पनि सपना देखाउने भाषण दिएका थिए । नेताले सपना देखाउनु ठिक हो तर, घर घरमा पाइप नै ल्याईदिन्छु, समुन्द्रमा जहाज चलाउंछु नभनेको भए हुन्थ्यो । यी विषय सस्तो लोकप्रियता बाहेक केही होइनन् । समुन्द्रमा जहाज चलाउनु भन्दा अघि काठमाडौकै सार्वजनिक यातायात राम्रो वनाईदिए पुग्थ्यो । 
 
धरैले समाजिक सञ्जालमा लेखेका छन् यो सरकार भारतले नै ढालिदियो । सरकार भारतले ढाल्यो कि पुष्पकमल दाहालले ? यसको उत्तर पहिले खोज्नु पर्छ । यदि ओली र दाहाल मिलेर आलोपालो सरकार चलाएको भए कसले ढाल्थ्यो । काँग्रेस सभापति शेरबहादुर देउवालाई सधैँ सरकारमा जान हुटहुटी हुन्छ । कसरी आफू प्रधानमन्त्री बन्ने शक्तिशाली बन्ने यो देउवामा सधैँ टासिने विषय हो । देउवालाई जसरी पनि छिटो सरकार आफ्नो नेतृत्वमा बनाउनु छ । यसले पनि ओली सरकार फन्दामा पर्‍यो । देउवाले यसमा प्रचण्डलाई उपयोग गरे । घर झगडा हुदां छिमेकीले सम्झाउन त तत्परनै भएर बसेको हुन्छ । 
 
समाजिक सञ्जालका आएका प्रतिक्रिया हेर्दा यो सरकारबाट फाइदामा रहेकालाई खपिनसक्नु चित्त दुखेको छ । ओलीको जस्तो सर्वगुण सम्पन्न सरकार गएको उनीहरू दाबी गर्छन् । अव सरकारमा जानेहरु पार्टीबाट फाइदा कसरी लिने भनेर योजना वुनेका भने वेपत्ता खुशी छन् । ओलीले सिन्कोपनि नभांचेको आरोप लगाउंछन् । देश विकास र सम्पूर्ण जनताको भलो भयो भएन होइन यसमा आफ्नै आफ्नै स्वार्थ छ । ओलीका दजनौं सल्लाहकार अव फेरिन्छन् नयाँ अनुहार आउँछन् । समाजिक सजालमा सरकारको विरोध र समर्थन गर्नेहरु फेरिन्छ त्यत्ति हो । 
 
विदेशमा वस्नेका लागि भने सत्ता परिवर्तन कागलाई बेल पाक्या जस्तो हो हर्ष न मिष्मात । न यो सरकारबाट फाइदा थियो नआउनेवाट नै हुन्छ भन्ने आशा गर्न सकिन्छ । विदेशमा वस्नेले गर्व गर्दा हुन्छ देशलाई हानी पुर्याएर अनियमिता गरेर कमाउनु परेन् । विदेशमा वस्नेवाट धेरे थोर देशलाई फाइदा नै पुगेको छ । हानी होइन । बरु सरकारमा हुने र गिराउनेले नै देशलाई बढी नोक्सान पुर्याएका छन् । 
 
एउटा पक्षमा भने माओवादीले अपरिपक्कता नै देखाए । आफ्नो संलग्नतामा मन्त्रीपरिषदवाट पारित भएको बजेट पास गरेको भए हुन्थ्यो । बजेट पास भएन । नयाँ सरकारले नयाँ बजेट ल्याउला तर, त्यसमा अव धेरै परिवर्तन गर्न सक्ने ठाउँ हुदैंन । बढेको भत्ता र तलब नदिन्न भन्न सक्ने आँट अबको सरकारमा पनि हुदंैन । विकास योजना पनि लगभग उही हुन् । बजेटमा अनिश्चितता वनाईराख्नु भदा पास गर्दा नै देशका लागि भलो हुन्थ्यो । यसको काँग्रेसले होइन मूल्य माओवादीले चुकाउनु पर्ने छ ।  
 

शेयर गर्नुहोस:

0
Shares