हिमालयखवर संवाददाता-
अमेरिकाको पासपोर्ट लिनुको अर्थ हो- अहिले भइरहेको नेपाली नागरिकता गयो। नेपालको नयाँ संविधानमा दोहोरो नागरिकता बारेमा व्यवस्था छ । यो सकरात्मक पक्ष हो । कमसेकम संविधानले दोहोरो नागरिकतालाई स्विकारेको छ । तर, भ्रममा नपरौं, अमेरिकामा पासपोर्ट लिएपछि अहिले भइरहेको नेपालको नागरिकता भने कायम हुदैंन । संविधानमा भनिएको गैरआवासिय नागरिकता लिन पनि केही समय कुर्नै पर्छ। यस्तो नागरिकता लिदां राजनीतिक अधिकार भने हुँदैन । 'संविधानले दोहोरो नागरिकतालाई स्विकारेको छ,' एनआरएन केन्द्रीय सदस्य खगेन्द्र जीसीले भने-'तर, अव बन्ने नागरिकता ऐनमा विशेष नागरिकताको व्यवस्था गरी नेपाली नागरिकताको निरन्तरता नै एनआरएनको चाहना हो ।'
दोहोरो नागरिकता स्विकारेपनि अहिले नै पाईहालिन्छ भन्ने होइन । यस अनुसार ऐन नियम बन्नुपर्छ । यसका लागि केही समय लाग्छ । यो कानुनी पक्ष छोडौ । अमेरिकामा कानुनतह स्थायी बसोबास गरेको सfमान्य अवस्थामा ग्रीनकार्ड लिएको पाँच वर्षमा नागरिकताका लागि निवदेन दिन पाइन्छ । भनौं, ग्रीनकार्ड लिएको पाँच वर्षमा नागरिकता लिने योग्यता पुग्छ । सन् २०१५ मा झन्डै ४० हजार जनाले अमेरिकी नागरिकता लिएका थिए । विदेशीलाई नागरिकता लिन अमेरिका नेपाल भन्दा सजिलो देश हो यो भने मान्नै पर्छ । अव हेरौं अमेरिकाको नागरिकता वा पासपोर्ट लिँदा के हुन्छ के हुदैंन ?
नागरिकता भयो, तपाईँले अमेरिकामा चुनाव हुँदा भोट हाल्नु पाउनुहुन्छ । यो नागरिकले पाउने राजनीतिक अधिकार हो । ग्रीनकार्ड हुँदा कर त तिरिरहनु भएको थियो । तर, आफ्नो प्रतिनिधि छान्न भोट हाल्ने अधिकार थिएन । अमेरिकी नागरिकताले मताधिकार दिन्छ । अहिले राष्ट्रपति चुनावको माहौल छ । मन परेको उम्मेदवार छान्नपाइन्छ यदी तपाइसँग अमेरिकी नागरिकता छ भने । कुन उम्मेदवारको नीति ठिक लाग्यो छान्न पाउने अधिकार अव तपाईँलाई पनि भयो । तपाईँ उदार इमिग्रशन नीति खोज्नु हुन्छ, वा शिक्षा र स्वास्थ्य प्रथामिकतामा छ । अहिले रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा डोमोक्र्याटिक उम्मेदवार हिलारी क्लिण्टन उचित हुन सक्छिन् । अहिलेका राष्ट्रपति बाराक ओबामाको नीति ठिक लागेन ट्रम्प उचित हुन सक्छन् । उम्मेदवारका मुद्दा हेरौं निर्णय गरौँ ।
अमेरिकी नागरिकता पाउनु भयो ढुक्क हुनुहोस । तपाईँलाई झन्डै १ सय ५० देश जान अव कुनै समस्या पर्दैन । हरियो नेपाली पासपोर्ट हुँदा हंगकंग घुम्न मन लाग्यो । भिसाको झण्झट । जापान यसो हेरौ जस्तो लाग्यो भने यस्तै समस्या । अब यस्तो समस्या हुदैंन । अमेरिकाले दिएको निलो पासपोर्टबाटै हंगकंग, जापान वा युरोपका कुनै देश घुमेर फेरी जहाज चढ्न सक्नु हुन्छ । भिसाको कुनै झन्झट हुदैंन । नियम पुरा गरेपछि एयरपोर्टमा मज्जाले पाइन्छ ।
अमेरिकी नागरिकता भयो बधाई छ । आर्थिक तथ्यांक वा अर्थशास्त्रीले विश्लेषण गर्ने तरिका अनुसार तपाईँ धेरै धनी हुनुभयो । तपाईँको प्रतिव्यक्ति आम्दानी कैंयौँ गुना बढेको छ । नेपाली हुँदा तपाईँको प्रतिव्यक्ति आम्दानी १ हजार डलर (चानचुन नेपाली एक लाख होला) भन्दा पनि कम थियो । अब नागरिकता भयो प्रतिव्यक्ति आम्दानी करिब ४० हजार डलर पुगेको छ । सोच्नुहोस त, १ हजार खल्ती मा हुने र ४० हजार हुने बजार गएभने किनमेल गर्दा के होला ? एक हजार मात्र हुनेलाई पक्कै पनि मोलतोल गरेर धेरै सोचेर किन्नु पर्ने हुन्छ । ४० हजार हुनेलाई चांही फुर्माइस गर्नपुग्छ ।
नेपाल वा विदेश घुमेर अमेरिका आउँदा एयरपोर्टमा इमिग्रेसन अफिसर कहाँ ढुक्कसँग गए हुन्छ । ग्रीनकार्ड भए पनि तपाईँलाई इमिग्रशन अफिसरले प्रश्न सोध्न सक्छन् । निकै कम संख्यामा ग्रीनकार्ड हुनेलाई अमेरिका प्रवेश गर्न नदिने अवस्था पनि आएका छन् । यो झन्झट अब हट्यो । इमिग्रशन अफिसरसँग आँखा जुधाएर कुरा गर्दा हुन्छ । यो तपाईँको अधिकार हो ।
अमेरिकामा केही पदमा काम गर्न अमेरिकी नागरिक नै हुनु पर्छ । अर्को स्वास्थ्य बिमा लगायतका सुविधा लिन पनि नागरिकता खोज्ने राज्य पछि छन् । नागरिकता हुँदा यस्ता सुविधा नियम अनुसार सहज पाइन्छन् ।
ग्रीनकार्डमा जस्तै ६ महिना वा एक वर्ष भन्दा बढी नेपाल वा विदेशमा बस्न समस्या अब हुदैंन । तपाईँ केही लामो समय नेपाल बस्न पाउनु हुन्छ। तर, त्यहाँ बस्दा विदेशी सरह भिसाको अवधि भने कायम राखिरहनु पर्छ । यो भुल्नु हुँदैन । अमेरिकाको पासपोर्ट लिएर नेपाल जाने अनि बेवास्ता गरेर भिसा अवधि भन्दा बढी बस्ने हो भने कानुनको फन्दामा परिन्छ । एउटा कुरा भने भुल्नु हुदैंन अमेरिकी नागरिकले जहाँ भए पनि वर्षको एक पटक आफ्नो आम्दानी विवरण ट्याक्स फाइल सरकारलाई वुझाउनै पर्छ ।
फाइदै फाइदा मात्र होइन केही झन्झट पनि तपाईँलाई आईलाग्छ । नेपाल जान पर्योा अव पहिलेजस्तो सजिलो हुदैंन । तपाईँ अमेरिकी नागरिक हो । पहिले नेपाली नागरिकता थियो होला नेपाली राम्रोसँग बोल्नु हुन्छ यो भन्दैमा पहिले जसरी सरक्क नेपाल जान भने पाइदैन । एनआरएन कार्ड लिन पाउने व्यवस्था छ । पाँच सय डलर तिरेर १० वर्षका लागि लिन पाइने यो कार्डले नेपाल आउन जान सजिलो हुन्छ । तर, धेरै महिना बस्नु पर्योन भने पासपोर्टमा छाप लगाउन फेरी नेपालको अध्यागमन कार्यालय भने धाउनु पर्छ । एनआरएन कार्ड छैन एयरपोर्टमा विदेशी सरह तोकिएको पैसा तिरेर भिसा लिएपछि मात्र तपाईँ बाहिर जान पाउनु हुन्छ ।
भारत जान पनि नेपाली हुँदा जस्तो सहज हुँदैंन । किनकी तपाईँ अव अमेरिकी नागरिक हो । यसो दिल्ली घुमेर नेपाल जाउं भन्ने मन छ भने भिसा लिनु पर्छ । नेपालीलाइ भारत जान भने भारतीय भिसा लिनुपर्दैन । अब अमेरिकी पासपोर्ट लिएर विना भिसा म नेपाली हो भन्दैमा भारत भित्र पस्न पाईंदैन । भिसा एयरपोर्टमै पाइन्छ तर, केही शुल्क र प्रक्रिया भने पुरा गर्नु पर्छ । नेपालीलाई जस्तो सजिलो र निःशुल्क भारत घुम्ने सुविधा तपाईँलाई अव छैन । नझिक्नुहोस विराटनगरवाट यसो घरासायी वस्तु किन्न भारत पस्दा पनि सचेत हुनैपर्छ । तपाईँ अव नेपाली नागरिक रहनु भएन । त्यहाँ केही समस्या पर्यो र अमेरिकी नागरिक भएको खुल्यो भने झन्झट अरू थपिन्छ ।
अमेरिकी पासपोर्टमा नेपाल गएर त्यहाँ भोट हाल्न पाइंदैन । यतिसम्म कि कुनै राजनीतिक पदमा सरकारी नियुक्ति दिएर काम गर्न पनि तपाईँलाई वन्देज छ । विदेशले काम गर्न पाउने पदमा समेत नेपाली विदेशलाई पत्याईएको छैन् । संविधानको यस्तो व्यवस्था सस्तो लोकप्रियताका लागि ल्याईएको हुँदा यसलाई संशोधन गर्नु पर्छ जीसीले भने । उनी एनआरएनका लागि यसमा काम गरिरहेका छन् । जमिन किन्न सक्नुहुन्न । पैतृक सम्पत्तिमा पनि झमेला नगर्दा राम्रो भन्ने हेक्का राख्नुपर्छ ।
तपाईँ अमेरिकी भए पनि जन्मेर लिएर आएको यथार्थ भने मेटिदैन । यहाँ एउटा शब्द भने सधैँ थपिन्छ, नेपाली अमेरिकी, र अमेरिकाको राष्ट्रपति उम्मेदवार भने बन्न पाउनु हुन्न ।
प्रतिक्रिया