मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

म पनि पागल भएको छु

म पनि पागल भएको छु


धेरै विद्वान र सज्जनहरुको बस्तीमा
हवाइ चप्पल पड्काउँदै शहर छिरेका 
साथमा गुण्डा डनहरु पनि भिरेका 
नयाँ भुरे टाकुरे राजाहरुका बिचमा 
एउटा मुर्ख डाक्टर बारम्बार पागल बनिरहेछ !
एक पटक होइन उ आठ पटक पागल भयो ! 
पागल उसले धेरैलाई गलायो 
उसकै पागल पनले बिकृति बिसंगति भ्रस्टाचार 
अन्याय अत्याचारका बिचमा केही आशाहरु पलायो !
तर उ बास्तबमै पागल हो 
मलाई पनि त्यस्तै लाग्न थालेको छ !!
 
पेशाले डाक्टर उ, हजारौँ डाक्टरको गुरु उ 
बाढी पहिरो अाउनै हुन्न
भुकम्प पनि जानै हुन्न
झाडा बान्ता फैलिनै हुन्न 
उ काठमाडौं शहरका विद्वान र सज्जनहरुको 
उपचार गर्न छोडेर, पैसा कमाउन छोडेर
क्लिनिक समाउन छोडेर 
झोला र गुण्टा भरी औषधी भरेर 
निस्किन्छ गरीब गुरुवाको उपचार गर्छु भन्दै
कहिले उ कर्णालीका गाउँ बस्ती पुग्छ 
कहिले उ कहाँ पुग्छ ! 
न दाम खोज्छ, न नाम खोज्छ 
यस्तो पनि डाक्टर हुन्छ ??!!
 
बच्चा बच्ची जन्माउने कुरा त परै छाड 
रोगी बिरामी गरीब गुरुवाको उपचार गर्दा गर्दै 
बिहे गर्ने फुर्सद सम्म पाको छैन भन्ने डाक्टर 
यो डाक्टर हुँदै होइन यो त पागल हो 
नयाँ नेपालका हाम्रा नब धनाढ्यहरु, 
लोकतन्त्रबादी देखी गणतन्त्रबादी सम्म बनेका 
छेपाराले झै रङ फेर्न माहिर छोँटे राजाहरु 
उता बिताएर यता बिताउन तैयारहरु 
हवाइ चप्पल बाट स्तर उन्नती भै सुटेड बुटेडहरु 
पजेरो र प्राडो चढेर आफ्नै मेडिकल कलेज धाउनेहरु 
पार्टी र नेताका नाममा बिच बाटोमै ब्यापार लाउनेहरु 
संसदमा भुकम्प पीडितलाई आएका त्रिपाल समाउनेहरु 
सबै सबै आज यो पागल डाक्टरलाई मर्न दिनुपर्छ भन्छन 
यि पागलको दुई मुठ्ठी साहस लिनुपर्छ भन्छन 
गोबिन्द केसी जस्ता पागल डाक्टरका पछाडि 
कोही नजाउ भन्छन् 
तर मलाई किन हो कुन्नी 
आज आफु पनि पागल बन्न मन लागेको छ 
विद्वान सज्जन र छोँटे राजाहरु जे सुकै भनुन 
पागल डाक्टरको पागल समर्थक हुँँ भन्न मन लागेको छ 
सज्जन र विद्वानहरुको बस्तीमा म पनि पागल भएको छु 
पागल डाक्टरको पछी पछी गएको छु 
हो म पनि आज पागल भएको छु 
पागलको पछी पछी गएको छु !
 
– रामप्रसाद खनाल, हाल अमेरिका , जुलाई १८, २०१६