मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

युक्रेनमा प्रसिद्ध पत्रकारको हत्या

युक्रेनमा प्रसिद्ध पत्रकारको हत्या


किभ । मध्य युक्रेनमा बुधबार एक जना प्रसिद्ध पत्रकारको हत्या भएको समाचार छ । बुधबार बिहान उनलाई कारबम हमला गरी हत्या गरिएको समाचारमा जनाइएको छ ।
 
युक्रेनका वरिष्ठ पत्रकार पाभेल सेरेसमतको कारबमले हमला गरी हत्या गरिएको फ्रान्सेली समाचार समिति, एएफपीका समाचारदाताले टेलिफोनबाट जानकारी दिएका छन् ।
 
उनी युक्रेनिस्का प्रभदा नामक सञ्चारगृहका पत्रकार थिए । उनी यसअघि रसियाको एक टेलिभिजनमा काम गर्दथे । बम फिट गरिएको अर्काे एक कार ल्याएर उनको कारमा जुधाइएको थियो । त्यसपछि उनको कार ध्वस्त भएको र पछि आगो लागेको थियो । 
 
यस आक्रमणलाई युक्रेनियन राष्ट्रपति पेट्रो पोरोसेन्कोले ठूलो अपराधको संज्ञा दिएका छन् । उनले थप प्रतिक्रिया दिएका छैनन् । 
 
यस हत्याको जिम्मेबारी अहिलेम्म कसैले पनि लिएको छैन । पछिल्लो समयमा युक्रेनमा हिंसा मच्चिएको छ । युक्रेनको पूर्वी भूभागका रसियाली मूलका नागरिकले अलग्गै राज्यको मागगरी त्यहाँ आन्दोलन गरिरहेका छन् । 
 
सोही कारणले पछिल्लो समयमा रसियाली समर्थक र युक्रेनी सेनाबीच भिडन्त जारी रहेको छ । त्यस भिडन्तका क्रममा सयौँ नागरिक मारिएका छन् ।एएफपी