मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाले २०३ औ भानु जयन्ती मनाईयो

विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाले २०३ औ भानु जयन्ती मनाईयो


कुवेत ,महावुल्ला-विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाले २०३ औ भानु जयन्ती शुक्रवार कुवेतको फरवानिया स्थित नेपाली सभागृहमा सम्पन्न गरेको छ । विश्वभरका साहित्यकारहरु एक जुट होऔँ, नेपाली साहित्यलाई समृद बनाऔँ भन्ने मुल नाराका साथ कुवेतमा रहेका साहित्य अनुरागीहरुविच कविता, गीत, गजल तथा मुक्तक वाचन गरि कार्यक्रम गरेको कार्यक्रमका संयोजक राजेन्द्र विरहीले जानकारी गराएको छ । 
 
राष्ट्रिय गान वाट सुरु गरिएको भानु जयन्तीमा राष्ट्रिय गान संगै भानुभक्तको तस्विरमा माल्र्यापणका साथै रामायण वाचन गरी कार्यक्रमको उत्घाटन गरिएको थियो । नेपाली साहित्यको फाँटमा आदिकविको जन्म जयन्तिलाई विश्वभर रहेका साहित्यप्रेमीहरुले धुमधामका साथ मनाउँदै आएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाले श्रश्टाहरुको सृजनाको सम्मान गर्दै वर्षेनि उक्त कार्यक्रम गर्दै आईरहेको छ । 
 
नेपाली राजदुतवासका दित्तिय सचिवालय अम्बिका जोसी र भोगेन्द्र लिंदेन, आकास शेर्पा, मनोज मनसुन, नैनाकला राई, रजनी ढुङगाना, राजेन्द्र विरही लगाएत २३ जना सहभागिहरुले आ आफनो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रम्मा अमृत तामाङ, जय आले मगर, कोशराज राई, सुजन केसी लगाएतले भानु जयन्तीको शुभकामना व्यक्त गरेका थिए । 
 
नेपाली साहित्य महासंघ कुवेतका अध्यक्ष अमित राईको सभापतित्व तथा नेपाली राजदुतवासका दित्तिय सचिव अम्विका जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष राई ले सहयोगी हातहरुलाई नमन गर्दै आगामि दिनमा सवैको साथ सहयोग मिलेमा वृहत कविता प्रतियोगिता समेत गर्ने जानकारी दिनुभएको छ ।

शेयर गर्नुहोस:

0
Shares