हिमालय खबर
टेक्सस (एजेन्सी) – टर्कीमा सैनिक विद्रोह कु भएको छ । शुक्रवार सेनाले विद्रोह द्धारा नागरिक सरकार अपदस्थ गरी प्रशासन आफ्नो नियन्त्रणमा लिएको दावी गरेको हो । त्यहांको सरकारी टेलिभिजन च्यानलमा एंकरले सेनाले सरकार आफ्नो नियन्त्रणमा लिई मार्सल ल लागु भएको समाचार पढेको सीएनएनले जनाएको छ ।
राजनीतिक नेतृत्वको प्रशासनले आफ्नो वैधानिकता गुमाएको हुदां त्यसलाई अपदस्थ गरिएको घोषणा सरकारी टेलिभिजन एंकरले पढेका थिए तर, टर्कीका प्रधानमन्त्रीले भने सेनाको केही समुहले कु को प्रयास गरेको जनाएका छन् । यी दुवै दावीमा कुन सत्य हो पुष्टि हुन बांकी छ ।
टर्कीका प्रधानमन्त्री विनाली इलदिर्मले यो प्रजातन्त्र विरुद्धको कार्य भएको जनाउंदै यसमा संलग्न उनीहरुले ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

सेनाले पुरा देश आफ्नो नियन्त्रणमा रहेको जनाउंदै कानुनी राज्य प्रजातन्त्रीक प्रकृया र अन्तराष्ट्रिय सम्वन्ध प्रथामिकतामा रहेको दावी गरेको छ ।
रसिया भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री जोन केरीले टर्कीका वारेमा जानकारीहरु प्राप्त भईरहेको तर, पुर्ण विवरण आफुसंग नभएको प्रतिकृया दिएका छन् । त्यहां शान्ति, स्थायित्व र अमनचयन को अवस्था रहोस भन्ने मेरो कामना छ, केरीले भने । अमेरिकी दुतावास एंकराको रिपोर्टमा सेनिक जहाजहरु जमिन नजिकवाट उडिरहेको उल्लेख गरेको छ ।
सेनाले इतानावुल स्थित प्रमुख पुल वन्द गरी सवारी आवत जावतलाई नियन्त्रणमा लिएको थियो । सेनाको विद्रोहसम्वन्धि विस्तृत विवरणहरु आउन बांकी छन् I फोटो साभार: सामाजिक सञ्जाल
प्रतिक्रिया