मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडियो स्टेशनमा आश्रय लिएका आइएसका उच्चस्तरीय कमाण्डर मारिए

रेडियो स्टेशनमा आश्रय लिएका आइएसका उच्चस्तरीय कमाण्डर मारिए


जलालावाद । आतङ्कवादी सञ्जाल इस्लामिक स्टेट्स, आइएसले अफगानिस्तानको पूर्वी प्रान्त नान्गारमा सञ्चालन गरिरहेको एक रेडियो स्टेशन हवाई आक्रमणमा परी ध्वस्त भएको समाचार छ । अफगानिस्तानको सेना र प्रहरीले बिहीबार बिहान गरेको हवाई कारबाहीका क्रममा ती कमाण्डर मारिएका हुन् । 
 
नान्गार प्रान्तको आचिन जिल्लामा सो रेडियो स्टेशन आइएसले सञ्चालन गरिरहेका थिए । बिहीबार बिहान भएको मानवरहित हवाई हमलामा सो स्टेशन ध्वस्त बनाइएको समाचारमा जनाइएको छ । उक्त स्टेशनमा रहेको आशङ्का गरिएका केही हतियारधारी आतङ्ककारीहरु पनि मारिएको सो समाचारमा उल्लेख गरिएको छ । 
 
अफगानिस्तानको टोलो टेलिभिजनले बिहीबार बिहान दिएको समाचारमा सो रेडियो स्टेशनमा लुकेर बसेका ठानिएको आइएसका उच्चस्तरीय नेता पनि मारिएका छन् । उक्त रेडियोका प्राविधिकका साथै ती आतङ्ककारी मारिएको समाचारमा जनाइएको छ । 
 
थानीय सञ्चारमाध्यमहरुले सो रेडियोमा केही उच्चस्तरीय आइएस कमाण्डरहरु प्राविधिकको भेषमा लुकेर बसेको आशङ्कामा सो हमला गरिएको जनाएका छन् । चीनको नान्गार प्रान्तका प्रान्तीय प्रवक्ता अताउल्लाह खोगियानीले सो समाचारको पुष्टि गर्नुभएको छ । 
 
उहाँले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिनुभएको छ । सो क्षेत्रमा हाल प्रहरीले नियन्त्रण गरी क्षतिको खोजी थालेको पनि उहाँले जानकारी दिनुभएको छ । आइएसले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । सिन्ह्वा