मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कतारमा एक नेपालीको मृत्यु

कतारमा एक नेपालीको मृत्यु


राजविराज । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले सोमबार बताएका छन् । 
चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । 
 
कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए । मृतकको शवलाई नेपाल ल्याइदिनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन् । 
 
एघार वर्षदेखि फरार अभियुक्त पक्राउ 
नकावजनी चौरी मुद्दामा ११ वर्ष अगाडि कैद र जरिवाना पाएर फरार एक अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–२ बस्ने चान्देव खंग रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए । पक्राउ परेका खंगलाई जिल्ला अदालत राजविराजले नकावजनी चौरी मुद्दामा २०६२ सालमा तीन महिना कैद र रु दुई हजार ६०० जरिवाना गरेको थियो । 
उनलाई राजविराजस्थित कारगार पठाइएको प्रहरी निरीक्षक महतले जानकारी दिए । रासस