मलेखु (धादिङ) । विकट उत्तरी धादिङको री गाविस–९ चेप्राङमा पहिरोले सङ्कटमा परेका गाउँवासीको साहसिकरूपमा उद्धार गर्ने दुई प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले मङ्गलबार सम्मानित गरेको छ ।
प्रहरी हबल्दार रुद्र कुमाल र प्रहरी जवान सन्दीप कुमाललाई जिल्ला प्रहरी कार्यालयले सम्मानित गरेको हो । जिल्ला प्रहरी प्रमुख विजय खत्रीले जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई नगदसहित सम्मानित गरिएको हो ।
आठ घरका २१ जना पहिरोमा फसेर सङ्कटमा परेको सूचनापछि एक दिनको पैदल दूरीमा उनीहरूले गाउँमा पुगेर गाउँवासीलाई सुरक्षित उद्धार गर्न सकेका थिए । रासस
प्रतिक्रिया