मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सर्पको टोकाइबाट बालिकाको मृत्यु

सर्पको टोकाइबाट बालिकाको मृत्यु


सल्यान । सल्यानमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मर्मपरिकाँडा गाविस–६ की १३ वर्षीया खिमकुमारी विकको विषालु सर्पको टोकाइका कारण मङ्गलबार मृत्यु भएको हो ।  
 
आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजे खिमकुमारीलाई सर्पले टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएकी विकलाई उपचारका लागि रुकुमको चौरजहारी लिँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका बुबा गणेश विकले जानकारी दिए ।
 
जिल्लाको उत्तर पश्चिममा पर्ने मर्मपरीकाँडालगायतका दर्जन गाविसमा अस्पतालको समस्याका कारण बिरामीले समयमा नै उपचार गर्न नपाउदा बर्सेनि ज्यान गुमाउँदै आएका छन् । गएको वर्ष जिल्लमा सर्पको टोकाइबाट पाँच जनाले ज्यान गुमाएका थिए । रासस