मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खर्च अभावका कारण दलित बालकले उपचार पाएनन्

खर्च अभावका कारण दलित बालकले उपचार पाएनन्


डोल्पा (दुनै) । डोल्पाको त्रिपुराकोट गाविस–३ रल्लीका नरबहादुर नेपालीको खर्च अभावमा उपचार हुन सकेको छैन । विपन्न दलित समुदायका उनी नजिकै रहेको महाकवि प्राथमिक विद्यालयबाट पढेर घर फर्कने क्रममा बाटोमा लडेर देब्रेहात भाँचिएर थला परेका छन् ।
 
कक्षा १ मा पढ्दै गरेका ७ वर्षीय उनको हात भाँचिएको एक हप्ता भइसक्दा पनि उपचार भएको छैन । घरमा राम्रोसँग बिहान बेलुकी छाक टार्न सकिँदैन कसरी उपचार गराउनु, बालकका बुबा सुकलाल नेपालीले भने ।
 
जिल्ला अस्पतालमा लाँदा लामो समय भइसकेकाले हात बिग्रन लागिसकेको छ अब छिट्टै जिल्ला बाहिर लगेर उपचार नगराए हात काम नलाग्ने हुन्छ भनेर डाक्टरले भनेको नेपालीले बताए ।
 
सहयोगका लागि सबै परिवार सदरमुकाममा रहेका विभिन्न कार्यालयमा पुग्यौँ तर कसैले दया गरेनन्, हामी गरिबलाई कसले पो सहयोग गथ्र्यो र ? उनले भावुक हुँदै भने । जिल्ला बाहिर लानलाई एक रुपैयाँ पनि छैन कसरी उपचार गराउनु, कसैले सहयोग गरिदिए छोराले नयाँ जीवन पाउने थियो उनले थपे । रासस 
 

शेयर गर्नुहोस:

0
Shares