मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पक्राउ गरेका नक्कली चिकित्सक धरौटीमा रिहा

पक्राउ गरेका नक्कली चिकित्सक धरौटीमा रिहा


पर्सा । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा वीरगन्जबाट पक्राउ परेका आठजना चिकित्सकलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । 
 
पर्सा जिल्ला अदालतको १ नम्बर बेन्चका माननीय न्यायाधीश महम्मद जुनैद आजातको इजलासले सोमबार चिकित्सकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा गत असार ३ गते वीरगन्जको विभिन्न स्थानबाट पक्राउ गरेका नौजनामध्ये आठजनालाई प्रहरीले पर्सा जिल्ला अदालतमा उपस्थित गराएकोमा आठजना चिकित्सकलाई धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकृत माधवप्रसाद तिमल्सिनाले जानकारी दिए । 
 
उनले अदालतले डा महम्मद रुहुल्लासँग रु ३५ लाख, डा रामकुमार प्रधानसँग रु सात लाख ७५ हजार, डा दिनेशकुमार साह तेलीसँग रु १८ लाख, डा कुशराज गिरीसँग रु चार लाख, डा इश्रादुल हकसँग रु तीन लाख ७५ हजार, डा पन्नालाल पटेलसँग रु १५ लाख, डा निमेश रमन पालसँग रु दुई लाख र डा सरोजकुमार सिंहसँग रु १० लाख बिगोबराबरको धरौटी माग गरेको बताए । 
 
मुलुकी ऐन ११८ बमोजिम अदालतले चिकित्सकसँग धरौटी माग गरेको सूचना अधिकृत तिमल्सिनाले जानकारी दिए । उनले धरौटीमा रिहा गरेको चिकित्सकले सेवा दिन पाउने कि नपाउने भन्नेबारे नेपाल मेडिकल काउन्सिलले निर्णय गर्ने बताए । 
 
सिआइवीको टोलीले वीरगन्जबाट नियनत्रणमा लिएका नौ जनामध्ये आठ जनालाई पर्सा जिल्ला अदालत र एक जनालाई बारा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रासस