मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमतीलाई तेजाब हान्ने पक्राउ

श्रीमतीलाई तेजाब हान्ने पक्राउ


राजविराज । सप्तरीको बेल्ही चपेना गाविस–७ का अमल रामले आफ्नै श्रीमतीमाथि सोमबार तेजाबले हानेर गम्भीर घाइते बनाएका छन् । ४० वर्षीय रामले आफ्नै श्रीमती वेतनीदेवी रामको अनुहारमा तेजाब छर्केर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । 
 
तेजाब प्रहारबाट गम्भीर घाइते वेतनीको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कुन कारणले तेजाब हानेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ । 
 
यता तेजाब प्रहार गर्ने अमललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 
 

शेयर गर्नुहोस:

0
Shares