मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग

धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग


चितवन । २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पको पुनर्निर्माणका लागि सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमूना बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेशनलाई अमेरिकामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।
 
नेपालको विभिन्न भागबाट अमेरिकाको नेब्रास्का ओमाहामा पुगेका नेपालीहरुबाट संकलित एक लाख ६६ हजार पाँच सय रुपैयाँ फाउन्डेशनलाई प्रदान गरिएको हो । 
 
काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) लाई सहयोग रकम हस्तान्तरण गरिएको कार्यक्रम संयोजक यदुनन्दन सापकोटाले जानकारी दिए । 
 
भूकम्पले तहसनहस भएको काभ्रे जिल्लाको पहारी नमूना एकीकृत बस्ती निर्माणपछि धुर्मुस–सुन्तली फाउन्डेशनमार्फत सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती निर्माण भइरहेको छ ।
 
करिब ६ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सो  बस्ती निर्माणका लागि देश विदेशबाट सहयोग प्रदान भइरहेको  सीताराम कट्टेलले हिमालय खबरलाई जानकारी दिए ।