मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

क्यामरुन सरकारद्धारा जनमत सङ्ग्रहपछि अफवाहको निन्दा

क्यामरुन सरकारद्धारा जनमत सङ्ग्रहपछि अफवाहको निन्दा


लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका प्रवक्ताले बहुमत जनताले बेलायत युरोपियन युनियनबाट छुट्टिने पक्षमा मतदान गरेपछि मुलुकभित्र विभिन्न जातिवादी घटनाहरुले चर्चा पाएको भन्दै यस्ता गतिविधि सरकारका लागि सह्य नहुने बताउनुभएको छ । 
 
सरकारले असहिष्णुतालाई सहन सक्ने छैन, क्यामरुनका प्रवक्ताले जनमत सङ्ग्रहपछि एकपछि अर्को गर्दै आप्रवासी समुदायलाई भयभित पार्ने काम भएको भन्दै त्यसो नगर्न सम्बद्ध सबैलाई आग्रह गरिएको पत्रकारसँगको कुराकानीमा उहाँले बताउनुभयो । सरकार राष्ट्रियताविरोधी गतिविधि गर्ने जो कोहीविरुद्ध पनि कानुनी कारबाही गर्न कुनै कसर बाँकी नराख्ने उहाँले जानकारी गराउनुभयो । 
 
उहाँले स्कटल्यान्डले १८ महिना पहिले जनमत सङ्ग्रह गरी संयुक्त राज्यबाट नबाहिरिने निर्णय लिएको सन्दर्भ बताउँदै भन्नुभयो, एउटा जनमत सङ्ग्रह गरेको दुई वर्ष नपुग्दै सोही विषयमा दोस्रो जनमत सङ्ग्रह गर्न खोज्नु ठिक नहुने दाबी गर्नुभयो । 
 
स्कटल्यान्ड संयुक्त अधिराज्यमा रहने निर्णय १८ महिना जति बलियो थियो अहिले पनि त्यति नै बलियो भएकोप्रति पनि प्रधानमन्त्रीका प्रवक्ताले सचेत गराउनुभयो । 
 
ईयूबाट बाहिरिन बेलायतलाई समय आवश्यक 
 
यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले सोमबार बर्लिनमा एक कार्यक्रमबीच बोल्नुहुँदै बेलायत ईयूबाट बाहिरिने निर्णय लिएको सन्दर्भमा यसलाई आवश्यक तयारीका लागि समय दिइनुपर्ने बताउनुभएको छ । उहाँले बेलायतलाई ईयूबाट बाहिरिन केही समय आवश्यक रहेको कुरा सबैले बुझ्नसक्ने विषय भएको बताउनुभयो । 
 
यद्यपि बेलायतले जनमतको निर्णयबमोजिमको कार्यलाई छिट्टै अगाडि बढाउनुपर्छ भन्दै प्रक्रियालाई नलब्याउन बेलायती नेतृत्वलाई सचेत गराउनुभयो । प्रक्रियालाई लम्ब्याउँदै अनिश्चिततातर्फ धकेल्न न ईयूका २७ सदस्य राष्ट्रलाई वा बेलायत कसैलाई पनि राम्रो नहुने उहाँको धारणा थियो । 
 
बेलायतले ईयूबाट बाहिरिने निर्णयपछिको अवस्थालाई विश्लेषण गर्न समय लाग्ने कुरा सम्पूर्ण सदस्य राष्ट्रलाई अवगत हुने पनि उहाँले बताउनुभयो ।
 
केरीद्वारा धैर्य रहन आग्रह 
युरोप भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री जोन केरीले युरोपियन युनियन ९ईयू० सदस्य राष्ट्रलाई आफ्नो धिरता नगुमाउन सोमबार आग्रह गर्नुभएको छ । बेलायत २८ सदस्यीय ईयू समूह राष्ट्रबाट बाहिरिने निर्णय लिएको अवस्थामा बाहिरिँदा प्राविधिक समस्यालाई हल गर्न आवश्यक हुने भएको हुँदा केही समय ईयूले बेलायतलाई यसका लागि धैर्य रहनुपर्ने केरीले बताउनुभएको हो । 
विदेशमन्त्री केरीले भन्नुभयो, मलाई लाग्छ यो सङ्क्रमणकालीन अवस्थामा कसैले पनि आफ्नो प्रतिष्ठा विपरित अधैर्य वा मूर्खता प्रदर्शन गर्नु हुँदैन । रासस / एएफपी