मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चौहत्तर प्रतिशत अदक्ष कामदार विदेशमा

चौहत्तर प्रतिशत अदक्ष कामदार विदेशमा


जनकपुरधाम । वैदेशिक रोजगारमा बर्सेनि अदक्ष श्रमिक जाने क्रम बढ्दै गएका कारण ठगिने र दुःखद् घटनामा वृद्धि हुँदै गएको तर्फ ध्यानाकर्षण गराइएको छ ।
सामुदायिक विकासका लागि सहकार्य नेपाल र नवयुवा सरस्वती क्लबद्वारा सोमबार आयोजित ‘सुरक्षित आप्रवासन’ विषयको कार्यक्रमका सहभागीले राम्रोसँग कुरा नबुझी लहैलहैमा लागी वैदेशिक रोजगार जानाले पनि जोखिम बढ्दै गएको बताए । एक तथ्याङ्कअनुसार नेपालबाट वैदेशिक रोजगारमा ७४ प्रतिशत अदक्ष श्रमिक गइरहेका छन् ।
 
सो अवसरमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक निर्मला थापाले सही सूचना समयमै नपाएका कारण पनि वैदेशिक रोजगार दुःखद् बनेको छ भनिन् । कार्यक्रम प्रबन्धक खड्गबहादुर थापाका अनुसार नेपालका ५० लाख श्रमिक भारतमा विभिन्न क्षेत्रमा कार्यरत छन् । 
 
नेपाली काँगे्रसका सचिव कोमलकान्त झाले अधिकांश रोजगारदाताले फरक प्रकृतिको काम गराई शोषण गरिरहेका छन् भनिन्े । नेकपा (एमाले)का राजकिशोर यादवले कम्पनीले अपारदर्शी ढङ्गले वैदेशिक रोजगारमा पठाउने गरेका कारण पनि आप्रवासन असुरक्षित बन्दै गएको प्रसङ्ग उल्लेख गर्नुभयो । तराई– मधेस लोकतान्त्रिक पार्टीका परमेश्वर साहले सम्झौता अनुरूप काम नदिने प्रवृत्ति मौलाउँदै गएको धारणा राखे ।
 
सामुदायिक विकासका लागि सहकार्य नेपालका अध्यक्ष रामबाबु अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा संयोजक यम घिमिरेले ८५ प्रतिशत व्यक्ति श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा गइरहेकाले पनि दुर्घटना र दैवी प्रकोपको बेला उद्धारमा समस्या आउने गरेको बताए । रासस