मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वचत रकम स्थानिय संस्था र नेपालमा सामाजिक क्षेत्रमा

वचत रकम स्थानिय संस्था र नेपालमा सामाजिक क्षेत्रमा


क्यालिफोर्निया, (अमेरिका) । लसएन्जल्समा पहिलो पटक हुन लागेको नेप्लिज अमेरिकन कन्भेन्सन बाट वचत भएको रकम स्थानिय संघ संस्था र नेपालमा सामाजिक कार्यको लागि दिने निर्णय गरेको छ ।
 
गत जुलाई २१ मा बसेको एनएसी कार्यसमितिको  छलफलमा सम्मेलन सकेपछि उक्त कार्यक्रमबाट जति आर्थिक संकलन तथा बचत भएपनि स्थानिय संस्था र नेपालमा सामाजिक क्षेत्रमा ४०/६० दिने जानकारी कन्भेनर बिश्व सुबेदीले जानकारी दिए ।
 
कार्य्रक्रम ठुलो र धेरै ख़र्च हुने भएको हुनाले, सर्बप्रथम कार्यक्रमको खर्च उठाउने र कार्यक्रम प्रभावकारी रुपमा गर्ने र त्यसपछि आएको केहि बचत सामाजिक कार्यको लागि दिने निर्णय गरेका छन् ।
 
सम्मेलन को तयारी तिब्र गतिमा रहेको र उक्त तयारीको बारेमा छलफल कार्यसमितिको  बैठक बसि  सम्मेलनको तयारी,  जिम्वेवारी बाँडफाँड जस्ता कुरा हरुमा बहस भएको थियो र कन्भेन्सन लाई भव्य र सभ्य बनाउन सबैजना आ आफ्नो तर्फबाट अगाडी बढ़ने प्रतिबध्दता  ब्यक्त गरेका छन् ।
 
एफ वान ग्रुपको सहयोगमा भुकम्पबाट क्षतिग्रस्त जिल्लाहरुमा विध्यालयहरु निर्माण भईरहेकोले त्यसमा पनि सहयोग गरिने जनाइएको छ ।