मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउनमा भाग्दै सुन्तली

साउनमा भाग्दै सुन्तली


कमेडी फिल्म सुन्तलीलाई भगाइ लग्यो झिल्केलेको शीर्ष गीत र प्रोमो सार्वजनीक गरिएको छ । निर्देशक ऋषिराज आचार्यले आइतबार राजधानीमा प्रेसमिट गरि प्रोमो र गीत देखाएका हुन् । 
 
आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्म साउन २१ गतेदेखि प्रदर्शन हुदैछ । निर्देशक ऋषिराजले फिल्म हास्यरसले भरिएको भए पनि गहन बिषयबस्तु उठान गरिएको जानकारी दिए । ‘फिल्म नेपाली समाजमा रहेको एउटा प्रचलीत प्रथामा निर्माण गरेको छु,’ प्रथालाई ‘सस्पेन्स’ राख्दै उनले भने, ‘एकदम चल्तीको प्रथा छ, त्यो के हो, त्यसका लागि भने हलसम्मनै जानुपर्छ ।’
 
अभिनेता सुशान्त कार्कीले फिल्ममा आफूले दुई प्रकारको भूमिका निर्वाह गरेको बताए । ‘सधै एक्शन, लभर ब्वाइ बनेको थिए“ । तर यो फिल्ममा भने म दुई भिन्न परिस्थितिबाट गुज्रीएको युवक छु ।’ अर्का अभिनेता शिसिर भण्डारीले फिल्मभित्र आफू युवती प्रेमी तोरी लाहुरेको भूमिका रहेको जानकारी दिए । अभिनेत्री सुरजनी केसी, रिजा भुसाल र अभिनेता सुशील सिटौलाले फिल्मबाट आफूहरु निकै आशावादी रहेको बताए । चलचित्र पत्रकार संघका उपाध्यक्ष तथा निर्देशक लक्ष्मण सुवेदीले सुन्तलीलाई भगाइ लग्यो झिल्केलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
 
कार्यक्रममा सुशान्त, शिसिर, सुशील, सुरजनी र रिजा फिल्मभित्रकै ‘ड्रेसअप’ मा उपस्थित भएका थिए । आरबि मुभीजको ब्यानरमा बनेको फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् । राहुल राईले खिचेको फिल्ममा गम्भीर बिष्टको कोरियोग्राफी छ । फिल्म डिजीटल सिनेमा नेपालले बितरण गर्दैछ ।