मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ढिस्को खस्दा पुरिएर एक विद्यार्थीको मृत्यु

ढिस्को खस्दा पुरिएर एक विद्यार्थीको मृत्यु


चितवन । निर्माणाधीन आफ्नै विद्यालयलाई बालुवा लिन जाँदा ढिस्को खस्दा पुरिएर एक विद्यार्थीको मृत्यु भएको छ । 
 
चितवनको विकट गाउँ लोथर–७, स्यामराङको श्री दुङबाङ राप्राविको निर्माणाधीन भवनका लागि बालुवा लिन गएका होमरी प्रजाको ढिस्को खस्दा पुरिएर ज्यान गएको विद्यालयका प्रधानाध्यापक अतिबल चेपाङले जानकारी दिए । शिक्षा कार्यालयमार्फत निर्माण भइरहेको २ कोठे विद्यालय भवनका लागि सबै गाउँलेले बालुवा ओसारेका थिए । 
 
‘कक्षा ५ मा अध्ययनरत १४ वर्षीया होमरी पनि बालुवा लिन विद्यालयबाट करिब १ घण्टा टाढा गएकी थिइन् । शनिबार दिउँसो २ बजेतिर एक्कासी ढिस्को झरेर उनलाई पु¥यो । गाउँलेले उद्धार गरी घरसम्म ल्याए पनि अति नै विकट भएकाले तत्कालै अस्पताल पु¥याउन नसक्नाले उनको ज्यान गएको हो’ प्रधानाध्यापक चेपाङले बताए । 
 
पूर्वी चितवनको भण्डाराबाट ३ घण्टा लामो कच्ची सडक पार गरेर पैदल ३ घण्टा हिँडेपछि बल्ल स्यामराङ पुगिन्छ । विद्यालय भवन बनाउनका लागि पाथीको ४० रुपैयाँ ज्याला पाउने आशाले बिदाको समयमा विद्यार्थीहरु बालुवा बोक्ने गर्छन् ।