मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वेलायतको जनमत संग्रह, युरोपेली युनियन भित्र बेलायत रहि रहला ?

वेलायतको जनमत संग्रह, युरोपेली युनियन भित्र बेलायत रहि रहला ?


लण्डन(एजेन्सी) । वेलायत युरोपेली युनियनमा रहिरहने वा वाहिरिने भन्ने वारेमा विहिवार भएको जनमत संग्रहको मतगणना शुरु भएको छ । 
 
विहीवार अमेरिकी समय अनुसार दिउँसो मतदान गर्ने समय सकिए लगत्तै मतगणना शुरु भएको बीबीसीले जनाएको छ । मतगणनाको प्रारम्भिक नतिजा केही घण्टापछि आउने अनुमान गरिएको छ । 
३ सय ८२ स्थानमा मत गणनाका लागि तयार गरिएको छ ।  वाहिरिने निर्णयले बहुमत पाए वेलायत युरोपेली युनियनवाट अलगहुने पहिलो देश हुने छ । हाल युरोपेली युनियनमा २८ देश छन् ।  
 
वेलायत युरोपेली युनियन भित्र रहेपनि साझा मुद्राभने स्विकारेको छैन। वेलायती मतदाताले के निर्णय गर्छन अहिले यो विश्वभर चासोको विषय वनेको छ । यदि बाहिरने निर्णय भए यसले विश्व अर्थतन्त्रमा समेत असर पार्ने हुँदा यो चासोको विषय भएको हो । 
 
अमेरिकाले वेलायत युरोवाट वाहिर जान नहुने सुझाव दिएको थियो । राष्ट्रपति बाराक ओबामाले केही दिन अघि वाहिरिने निर्णय उचित नभएको वताउँदै यसमा संवेदनशील हुन वेलायती मतदातालाई सुझाव दिएका थिए ।
 
यो इतिहासिक निर्वाचनमा झण्डै ४ करोड ६५ लाख मतदाता थिए । ठुलो संख्यामा मतदाताहरुले निर्वाचनमा भाग लिएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । आप्रावासीहरुको चाप यो निर्वाचनको मुख्य मुद्दा थियो । 
 
युरोपेली युनियनको उदार आप्रावासी नीतिले धेरै वेलायतीले कामका लागि प्रतिस्पर्धा गर्नु परेको गुनासो गरेका थिए। कुनै आधिकारिक सर्वेक्षणहरु नआएपनि युरोवाट वाहिरने र रहने विचमा तीब्र प्रस्पिर्धा हुने अनुमान गरिएको छ ।
 
केही अनलाइन सर्वेक्षणले रहिरहनेका पक्षमा वढी वेलायती मतदाता रहेको देखाएको छ । झिनो मतअन्तरले भएपनि युरो क्षेत्रमा रहिरने पक्षले नै वढी मतपाउने विश्लेषकहरुले दावी गरेका छन् । 
 
नेपालको छिमेकी देश भारतमा पनि यो निर्वाचनलाई नजिकवाट हेरिएको छ । यदी वाहिरिने निर्णय भएमा भारतको सेयर लगायत विदेशी मुद्रा बजारमा उतार चढाव आउने त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । नतिजा वाहिरिने पक्षमा गए भारतको सेयर बजारमा ५ प्रतिशतसम्मले गिरावट आउने अनुमान गरिएको छ । 
 
भारतको अर्थतन्त्रमा उतार चढावले नेपालमा पनि असर पर्छ । वेलायत नेपालको पुरानो कुटनीतिक सम्वन्ध भएको देश हो । त्यहाँ झण्डै एक लाख नेपाली रहेको अनुमान गरिएको छ