मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एसएसपी सर्बेन्द्र खनाल द्वारा एनएसी मा सम्बोधन तथा खेलकुदको उद्घाटन हुने

एसएसपी सर्बेन्द्र खनाल द्वारा एनएसी मा सम्बोधन तथा खेलकुदको उद्घाटन हुने


 क्यालिफोर्नियाको लसएन्जल्स सहरमा अर्को हप्ता जुलाई २ शनिवार  देखि प्रारम्भ हुने पहिलो नेपलिज अमेरिकन कन्भेन्सनमा विशिष्ट अथिति एसएसपी सर्बेन्द्र खनालले लस एञ्जलस आयोजक टिम र ड्यालस एभरेस्टको बिहान ७:३० फुटबलखेलको उद्घाटन सहित सम्मेलनमा सम्बोधन गर्नु हुनेछ ।
 
बिशेषगरि अमेरिका भरि रहेका खेलाडी हरुको पहलमा हुन गइरहेको विशाल  सम्मेलनमा, केही महिना अघि मात्र म्याच फिक्सिंगमा आबद्ध नेपाली राष्ट्रिय खेलाडी हरुलाई पन्छाएर नेपाली राष्ट्रिय टोलीले फुटबलमा २३ वर्ष पछि सफलता पाउनुमा, एसएसपी खनालले मुख्य भूमिका निभाउनु भएको थियो  ।
 
युवाहरूको प्रेरणा तथा राष्ट्रका लागि महत्त्वपूर्ण भूमिका निभाउनु भएका खनालले युवाहरूको नेतृत्वमा हुन गइरहेको पहिलो नेप्लिज अमेरिकन कन्भेन्सनमा विशेष गरी आम युवा पुस्तामा देशप्रतिको कर्तव्य  बारे प्रभावकारी ढङ्गले सम्बोधन गरिने छ । यो पहिलो नेप्लिज अमेरिकन कन्भेन्सन राजनैतिक रहित र बिशुध्द अमेरिकामा रहेका युवाहरूको लागि  पहिलो सुनौलो अवसर हो I कन्भेन्सनको  तयारी पुरा भैसकेको जानकारी कन्भेनर विश्व सुवेदीले दिनुभयो ।