बैतडी । बैतडीको रुद्रेश्वरमा पहिरोसँगै माथिबाट खसेको ढुङ्गा लागेर बुधबार साँझ एकजनाको ज्यान गएको छ ।
ज्यान जानेमा बैतडी रुद्रेश्वर–७ पन्सेराका ५० वर्षीय जने ओड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
चमेलिया नदीमा तटबन्धको काम गरिरहेका बेला एक्कासि माथिबाट पहिरोसँगै खसेको ढुङ्गाले लागेर ओडको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतकको शव गोकुलेश्वर स्वास्थ्यचौकीमा राखिएको छ । शवको परीक्षण आज गरिने भएको छ । रासस
प्रतिक्रिया