मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्राद्धको प्रसाद खाँदा पन्ध्रजना बिरामी

श्राद्धको प्रसाद खाँदा पन्ध्रजना बिरामी


त्रिशूली (नुवाकोट) । नुवाकोटको जिलिङमा श्राद्धको प्रसाद खाँदा एकै वडाका १५ जना बिरामी परेका छन् । 
 
जिलिङ–२, बेँसीथोकका खेमप्रसाद पुडासैनीको घरमा मङ्गलबार दिउँसो श्राद्धको प्रसाद खाएका १५ जना बिरामी भएका हुन् । प्रसाद खाएकाहरू बुधबार दिउँसोदेखि बिरामी पर्न थालेको स्थानीय शिक्षक टीकाबहादुर पुडासैनीले जानकारी दिए । 
 
बिरामीमा पखाला लाग्ने, बान्ता हुने र उच्च ज्वरो आउने लक्षण देखिएको छ । बिरामीको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । बिरामीमध्ये जटिल अवस्थामा श्राद्ध गर्ने घरधनी खेमप्रसादकी श्रीमती ३५ वर्षीया ईश्वरी तथा छोरा ११ वर्षीय प्रतीकलाई थप उपचारका लागि राजधानी पठाइएको छ । 
 
यस्तै, गम्भीर बिरामी भएका १३ वर्षीया सुरक्षा पुडासैनी र ३५ वर्षीया लक्ष्मी पुडासैनीलाई पनि थप उपचारका लागि राजधानी पठाइएको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । बाँकी ११ जनाको त्रिशूलीमै उपचार भइरहेको छ ।
 
अस्पतालका चिकित्सकले बिरामीको लक्षण हेर्दा ‘फुड पोइजन’को कारण बिरामी परेको हुनसक्ने बताएका छन् । रासस