मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खोलाले बगाउँदा महिलाको मृत्यु

खोलाले बगाउँदा महिलाको मृत्यु


विराटनगर । मोरङमा बुधबार दिउँसो खोला तर्ने क्रममा एक महिलाको मृत्यु भएको छ भने एक जनालाई बगाएको छ । 
 
जाँते–२ गौँडास्थित तेलीखोलाले सोही गाविसका टाँडी–५ बस्ने मानबहादुर राईकी श्रीमती ४७ वर्षीया निर्मला राईको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
 
उनी घरबाट जाँतेतर्फ आउन लाग्दा खोला तर्ने क्रममा पानीको प्रवाहले बगाएपछि उनको मृत्यु भएको हो ।  बुधबार नै घटनास्थलमा प्रहरी पुगेर कानुनी प्रक्रिया पूरा गरेको बताइएको छ । रासस