मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध


मुग्लिन । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि यहाँ सडक अवरुद्ध हुन पुगेको छ ।
उक्त सडकको चार किलो र पाँच किलोको बीचमा राति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले दुईतर्फबाट दुईवटा डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको छ । 
सडक बन्द हुँदा बीच बाटोमै गाडीको लामो लाइन रहेको जनाइएको छ । बाटो खुल्न अझै केही घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त सडक दैनिक अवरुद्ध हुन थालेको छ ।
यसअघि मङ्गलबार र बुधबार पनि पटकपटक पहिरो खसेर उक्त सडक अवरुद्ध हुँदा यात्रु प्रभावित भएका थिए । रासस 
 

शेयर गर्नुहोस:

0
Shares