मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानमा मारिएका नेपालीको शव बोकेको विमान नेपाल अवतरण

अफगानिस्तानमा मारिएका नेपालीको शव बोकेको विमान नेपाल अवतरण


काठमाडौँ । अफगानस्तिानको काबुलमा सोमबार बिहान भएको आत्माघाती बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव बोकेर नेपाल वायु सेवा निगमको विमान काठमाडौंमा अवतरण भएको छ ।
 
तालिवानको आक्रमणमा मारिएका १२ युवा कार्यरत कम्पनीकै अन्य २४ जना युवालाई पनि उद्धार गरी ल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्ति बस्नेत र श्रममन्त्री दीपक बोहोरासहित विशिष्ट व्यक्तिहरू अहिले त्रिभुवन विमानस्थलमा शव बुझ्दैछन् । 
 
मृत्यु भएका आफन्तहरूको अहिले विमानस्थलमा रुवाबासी चलेको छ । पछिल्लो विवरण अपडेट गर्दैछौँ । 
 
घाइतेलाई उपचारका लागि दिल्ली लगियो 
 
अफगानिस्तानमा सोमबार आतंकवादी विस्फोटमा परी घाइते भएका ७ मध्ये ५ जनालाई बुधबार बिहान थप उपचारका लागि दिल्ली लगिएको छ ।
 
दिल्ली लगिएका घाइतेमा प्रेमबहादुर क्षेत्री (मोरङ), चेतप्रसाद शेरचन (म्याग्दी), कुमारबहादुर गुरुङ (गोरखा), कृष्णकुमार देउजा (चितवन) र अमृत रोकाया क्षेत्री (सुर्खेत) छन् । घाइतेको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
काबुलस्थित वेष्ट–एक्स मेडिकल उपचाररत चितवनका मानवबहादुर थापा र नुवाकोटका च्याङ्वा तामाङ्लाई एयर एम्बुलेन्सबाट दिल्ली लगिएको छ । गम्भीर घाइते भएका दुईमध्ये च्याङ्वालाई भेन्टिलेटरमा राखेर सघन उपचार जारी राखिएको छ ।