नेपाल

भाइको बञ्चरो प्रहारबाट दाइ, भाउजू र भतिजा घाइते

भाइको बञ्चरो प्रहारबाट दाइ, भाउजू र भतिजा घाइते


भीमदत्तनगर । घरायसी विवादका कारण मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिकाका एक युवकले आफ्नै सहोदर दाजु, भाउजू र भतिजालाई बञ्चरो प्रहार गरी घाइते बनाएका छन् ।
 
वेदकोट नगरपालिका–६ का २२ वर्षीय विनोद रानाले घरायसी विवादका कारण २८ वर्षीय दाइ टीकाराम राना, २४ वर्षीय भाउजू जानकी राना र १२ वर्षीय भतिजा सुशान्त रानालाई बञ्चरो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 
‘पहिलेदेखि नै दाजु भाइको अंशलगायत घरायसी विवाद थियो’, स्थानीय भोज रानाले भने, ‘हिजो एक्कासि आक्रमण गरेको सुन्यौँ ।’
 
घाइतेको महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको छ । घाइतेमध्ये जानकी रानाको अवस्था गम्भीर रहेको छ । प्रहरीले आक्रमणमा संलग्न विनोद रानालाई नियन्त्रणमा लिएको छ । रासस