मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको ड्यालस एभरेष्ट लायन्समा काफ्ले

टेक्ससको ड्यालस एभरेष्ट लायन्समा काफ्ले


हिमालय खबर संबाददाता-
ड्यालस (अमेरिका) I ड्यालसस्थित ड्यालस एभरेष्ट लायन्स क्लबमा वर्ष २०१६/१७ को लागि नयाँ नेतृत्व चयन भएको छ ।
 
आइतबार भएको साधारण सभाले राधाकृष्ण काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । साधारण सभाले चयन गरेको पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा बिएन पन्त, द्वितीय उपाध्यक्षमा थलराज पन्त, सचिवमा सुरेश बस्याल र कोषाध्यक्षमा मिना क्षेत्री चयन भएका छन् । त्यस्तै केशव लामिछाने निवर्तमान अध्यक्ष पदेन कार्यसमितिमा रहनु भएको छ ।
 
त्यस्तै डाइरेक्टरमा खेमराज बास्तोला, प्रकाश गौतम, विनोद जोशी, टेल ट्विस्टर डा. प्रदीप अधिकारी र ट्यामरमा सबिन्द्र थापा चयन भएका छन् । 
 
लायन्स क्लब स्थापना भएको एकसय वर्षको अवसरमा एभरेष्ट लायन्स क्लबले समेत आउँदो वर्ष विशेष रुपमा मनाउने तयारी गरेको छ । त्यसको लागि आउँदो वर्ष स्वास्थ, शिक्षा क्षेत्रमा केन्द्रित गर्नुका साथै नेपालमा आरोग्य फाउण्डेसनसँग मिलेर किड्नी प्रोजेक्टलाई निरन्तरता दिने योजना बनाएको छ । 
 
अन्तर्राष्ट्रिय लायन्स क्लबको स्थापना सन् १९१७ मा भएको हो । नेपालीहरुको बाक्लो उपस्थिती रहेको अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालसमा सन् २००३ मा एभरेष्ट लायन्स क्लबको स्थापना भएको हो ।
 
आइतबार आयोजित कार्यक्रममा कार्यसमितिका नयाँ पदाधिकारीहरुलाई व्याज र पिन हस्तान्तरण गरिएको थियो । नयाँ कार्यसमितिले आउँदो जुलाई १ देखि पदभार ग्रहण गर्नेछ । 
 
कार्यक्रमपछि नवनिर्वाचित अध्यक्ष राधाकृष्ण काफ्लेले हिमालय खबरसँग संक्षिप्त कुराकानी गर्दै आउँदो वर्षका लागि युवालाई अभिप्रेरणा दिने कार्यक्रम, वातावरण संरक्षण, भोकबाट उन्मुक्ति दिने र आँखाका विशेष कार्यक्रमहरु सञ्चालन गर्ने घोषणा गरे । गत वर्ष नेपालमा गएको भुकम्पबाट भत्केका विद्यालय भवन, पुस्तकालय निर्माणमा सहयोग गर्ने कार्यक्रम पनि लायन्स क्लबले राखेको छ ।
 
अमेरिकामा रहेका नेपाली परिवार र अमेरिकीहरुबीच एक आपसमा आफ्नो संस्कृति, अनुभवको आदान प्रदान गर्ने कार्यक्रम पनि लायन्सले राखेको छ । विशेषगरि वृद्ध अमेरिकीहरुसँग नेपाली चाडपर्ब संस्कृतिका बारेमा जानकारी दिने योजना बनाएको छ ।
 
आईतबारको पद हस्तान्तरण कार्यक्रम अध्यक्ष केशव लामिछानेको सभापतित्वमा भएको थियो । जुलाई १ देखि नयाँ कार्यसमितिले पूर्ण रुपमा पद वहाली गर्नेछ ।