हिमालय खबर संबाददाता-
लसएन्जलस (अमरिका) । लसएन्जलसस्थित आर्टेसियामा एक भव्य समारोहको शनिबार साथ परोपकारी संस्था 'गणेश तिर्थ कार्की फ़ाउन्डेशन' को उद्घाटन भएको छ ।
नेपाली समाजमा सकृय समाजसेवी उमा कार्की थापाले मातापिताको नाममा उक्त फाउण्डेसन स्थापना गरेकी हुन् । उनले उपस्थित समुदायको स्वागत गर्दै फ़ाउण्डेशनको लक्ष्य र उध्येश्य, कार्यसमितिको परिचय, कार्य संचालन र भावी कार्ययोजना बारे प्रकाश पारेकी थिइन् ।
फ़ाउन्डेशनको उद्घाटन संरक्षक गणेशबहादुर कार्की, अवैतनिक बाणिज्यदुत ऋषि ढकाल र नेपाली समाजको अभिभावक तथा समाजसेवी वेदभक्त जोशीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि हेमराज भट्ट, नेपाल अमेरिका एकता समाजका अध्यक्ष सुर्य प्रसाई, एफवान ग्रुपको अध्यक्ष एवं एनएसी कन्भेनर बिश्व सुबेदी, फ़िल्म मेकर तथा अभिनेता जस्मिन श्रेष्ठ, नेजाको सचिव अग्नि चौलागाई, अन्तराष्ट्रिय साहित्य समाजको अध्यक्ष शान्तिराम ढकाल ,बरिष्ठ समाजसेवी वेदभक्क जोसी र अवैतनिक बाणीज्यदुत ऋषि ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सबै वक्ताहरुले यो अनुकरणीय कार्यले नेपाली समाजलाई सकारात्मक र उदाहरणिय पाठ सिकाएको प्रतिकृया दिएका छन् । बाणिज्यदुत ढकालले भने अमेरिकी संस्थाहरुले पुरा गरिनु पर्ने प्रक्रिया अनुरूप कार्य गर्नको लागि अभिप्रेरित गर्दै आफ्नो सहयोग रहने प्रतिवध्दता राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवं फ़ाउन्डेशन संरक्षक गणेशबहादुर कार्कीले आफुले देश र प्रजातन्त्रिक विकासको निम्ति गरेका संघर्ष र आफुले पाएको जिउँदो सहिद सम्मानको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम संचालन पत्रकार एवं सामाजिक अभियान्त डोल्मा लामाले गरेकी थिइन् ।
प्रतिक्रिया